सैफलाई अस्पताल पुर्याउने अटो चालकलाई बक्सिस दिँदै मिका सिंह
नयाँ दिल्ली । पन्जाबी गायक मिका सिंहले चक्कु प्रहारको घटनामा घाइते अभिनेता सैफ अली खानलाई अस्पताल पुर्यााउने अटो चालकलाई १ लाख रुपैयाँ दिने वाचा गरेका छन् । भजन सिंह राणा नामका यी अटो चालकले सैफ अली खानलाई गम्भीर अवस्थामा लीलावती अस्पताल पुर्याएका थिए ।
मिका सिंहले सामाजिक सञ्जालमा एक पोस्ट शेयर गरेका थिए । पोस्टमा गायकले भजन सिंह राणाको बहादुरीको प्रशंसा गर्दै यस साहसिक कार्यका लागि उनलाई १ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका हुन् । ‘मलाई लाग्छ उसलाई कम्तीमा ११ लाख रुपैयाँको पुरस्कार दिनुपर्छ । म उसलाई १ लाख रुपैयाँ दिन चाहन्छु । यो मेरो तर्फबाट सानो पुरस्कार हुनेछ ।’ मिकाले पोस्टमा लेखेका छन् ।
सैफले पनि भेटेका थिए अटो चालकलाई
सामाजिक सञ्जालमा सैफ अली खानका धेरै तस्बिरहरू सार्वजनिक भएका छन् यी तस्बिरमा अस्पतालमा अटो चालकलाई भेटेर धन्यवाद दिइरहेको देखिन्छन् । यस क्रममा सैफकी आमा शर्मिला टैगोरले भजन सिंह राणालाई पनि आशीर्वाद दिएकी थिइन् ।
प्रहरी हिरासतमा अभियुक्त
जनवरी १६ मा सैफ अली खानको घरमा पसेर चोरले उनलाई आक्रमण गरेको थियो । आक्रमणकारीले सैफलाई छ पटक छुरा प्रहार गरे । यसपछि सैफ बसेको अपार्टमेन्ट मुनिबाट भजन सिंह राणाले राति करिब २ः३० बजे अभिनेतालाई लीलावती अस्पताल पुर्याइदिएका थिए । अस्पतालमा सैफको दुईवटा शल्यक्रिया भएको बताइएको छ ।
५ दिन अस्पताल बसेर अभिनेता घर आइसकेका छन् । मुम्बई प्रहरीले आक्रमणकारी भनिएका मोहम्मद शरीफुल इस्लाम शहजादलाई जनवरी १९ मा ठाणेबाट पक्राउ गरेको थियो । यसपछि आरोपीलाई अदालतमा पेस गरिएको छ । हाल उनी पाँच दिनको प्रहरी हिरासतमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
हिमाचल प्रदेशमा पहिरोले कार पुरिँदा ६ महिनाका बालकसहित १३ जनाको मृत्यु, २ घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण