सामसङ ग्यालेक्सी एस २५ अल्ट्रा सार्वजनिक, यस्ता छन् मूल्य र विशेषता
काठमाडौँ । सामसङ कम्पनीले आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस २५ अल्ट्रा सार्वजनिक गरेको छ । ग्यालेक्सी एस शृङ्खलामा यो स्मार्टफोन अहिलेसम्मकै शक्तिशाली प्रोसेसर भएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बुधवार सार्वजनिक बहुप्रतिक्षित एस २५ सिरिजमा धेरै नयाँ विशेषताहरू छन् भने डिजाइनमा पनि धेरै परिवर्तनहरू गरिएको देख्न सकिन्छ ।
ग्यालेक्सी एस २५ अल्ट्रामा नयाँ ५० मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा थपिएको छ भने २०० मेगापिक्सेलको मुख्य क्यामेरा तथा ५० मेगापिक्सेलको फाइभ एक्स टेलिफोटो रहेको छ ।
यस्तै १० मेगापिक्सेलको थ्री एक्स जुम र १२ मेगापिक्सेलको सेल्फी क्यामेरा छ । सामसङ ग्यालेक्सी एस २५ अल्ट्रा टाइटेनियम सिल्भरब्लू, टाइटेनियम ब्ल्याक, टाइटेनियम ह्वाइटसिल्भर र टाइटेनियम ग्रे रङमा उपलब्ध छ । १२/२५६ जीबी, १२/५१२ जीबी र १२ जीबी/१ टीबी कन्फिगरेसनमा उपलब्ध हुने यसको सुरुवाती मूल्य १२९९ डलर तोकिएको छ ।
यो फोन ग्यालेक्सी एस २४ अल्ट्राभन्दा पातलो र हल्का रहेको बताइएको छ । यसमा टाइटेनियम फ्रेम प्रयोग गरिएको छ भने नयाँ कोर्निङ गोरिल्ला आर्मर टु ग्लास प्रयोग गरिएको छ, जुन अघिल्लो पुस्ताको भन्दा टिकाउ र चम्किलो छ ।
यस्तै फोनमा धेरै नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सुविधाहरू फोकस गरिएको छ । यस्तै यसमा कल ट्रान्सक्रिप्ट र सारांश, राइटिङ असिस्टेन्ट र जेनेरेटिभ एडिट जस्ता फिचर पनि छन् ।
ग्यालेक्सी एस२५ सिरिज चाँडै नै नेपाल बजारमा प्रि–अर्डरको लागि उपलब्ध हुने जनाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण