ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव धरौटीमा रिहा

विराटनगर । जिल्ला अदालत मोरङले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेललाई ५ लाख धरौटीमा छाड्ने आदेश दिएको छ ।
मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार ठगी मुद्दामा न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले ५ लाख धरौटीमा छाड्ने आदेश दिएको हो ।
पोखरेलमाथि पार्टीको कोटामा एमबीबीएसमा नाम निकालिदिने भन्दै सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–५ का बौआलाल चौधरीलाई २०७१ देखि २०७३ सालसम्म ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोप छ ।
गत २५ पुसमा पोखरेल पक्राउ परेका थिए । प्रहरीले पोखरेलविरुद्धको अनुसन्धान १२ दिनमै सकेर मङ्गलवार अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । बुधवार सरकारी वकिलको कार्यालयले पोखरेलविरुद्ध ठगी भएको ३८ लाख ८० हजार रकम फिर्ता र सोही बराबरको बिगो र ठगी मुद्दामा अधिकतम कैदको दाबीसहित मुद्दा दर्ता भएको थियो ।
स्वकीय सचिव ठगी मुद्दामा जोडिएपछि सभापति पोखरेलले जिम्मेवारीबाट हटाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छैटौँ सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा नौ स्पर्धा
-
दोसो फेजअन्तर्गत पहिलो चरण, १३ नेपाली केयरगिभर इजरायल प्रस्थान
-
रित्तो संसद्, खाली कुर्सी, तस्बिरहरू
-
उडिसा घटनाले देशको अवस्था ठिक नभएको प्रमाणित भयो : राजेन्द्र लिङ्देन
-
१ सय २० जना सशस्त्र प्रहरीमाथि विभागीय कारबाही
-
बन्दिपुरमा वडासचिव कुटिए, मादीका कर्मचारी आन्दोलित