स्थानीयको अवरोधले प्रसारण लाइन विस्तारमा ढिलाइ
कालिकोट । स्थानीयले अवरोध गर्दा सुदूरपश्चिमको अछाम जिल्लाबाट कालिकोटसम्म विद्युत् प्रसारण लाइन विस्तारमा ढिलाइ भएको छ ।
अछामको पञ्चदेवल विनायक नगरपालिका–४ टोड्केसालका स्थानीयले आफ्नो खेतमा पोल गाडेर विद्युत्को लाइन तान्ने हो भने आफूहरूलाई बिजुली उपलब्ध गराउनुपर्ने माग राख्दै अवरोध गर्दा कालिकोट, जुम्ला र मुगुमा विस्तार गर्न लागिएको विद्युत् विस्तारमा ढिलाइ भएको छ ।
आफ्नो घर खेत हुँदै विद्युत्को लाइन जाँदा आफूहरूले पनि बिजुली बाल्न पाउनुपर्ने अछाम पञ्चदेवल नगरापालिका–४ टोट्केसालका स्थानीय जनकबहादुर शाहीले बताए । “हाम्रो गाउँबाट विद्युत्को लाइन विस्तार हुँदा गाउँलेले सेवा पाउनुपर्ने हाम्रो माग रहेको छ”, उनले भने, “हामीले अवरोध गर्नेभन्दा हाम्रो माग पूरा गर्नुहोस् प्रसारण लाइन विस्तार गर्नुहोस् भनेका हौँ ।”
स्थानीयले अवरोध गरेपछि प्रसारण लाइन विस्तारमा समस्या भएको विद्युत् प्राधिकरण कालिकोट वितरण केन्द्र प्रमुख हरेन्द्रराय यादवले बताए । “कमलबजारबाट साइखोलासम्मको नौ किमिमध्ये कर्णाली नदीपारीबाट करिब एक सय मिटर मात्र तार तान्न बाँकी रहेको अवस्थामा स्थानीयले अवरोध गर्नुभएको छ”, उनले भने ।
उनले कोहलपुर–सुर्खेत–दैलेख हुँदै कालीकोट, जुम्ला र मुगुसम्म पुगेको राष्ट्रिय प्रसारण लाइनको भोल्टेज नपुगेर विद्युतीकरण भएका कालिकोट, जुम्ला र मुगुका लागि अछामबाट विद्युत् आयात गर्न खोजिएको बताए ।
कर्णालीका तीन जिल्लामा भोल्टेजको समस्या भएकाले गत असार १२ मा कालिकोट वितरण केन्द्रले कमलबजार–साइखोला नौ किलोमिटरमा ३३ केभी प्रसारण लाइन विस्तारका लागि पुस १२ मा काम सक्ने गरी रु एक करोड ८८ लाखको टेन्डर गरी काम थालेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण