पूर्व सीईओको हत्यापछि युनाइटेड हेल्थकेयरले पायो नयाँ हाकिम
शुक्रबार, ११ माघ २०८१, १२ : २८
वासिङ्टन डिसी । अमेरिकी बीमा कम्पनी युनाटेड हेल्थकेयरले नयाँ सीईओ पाएको छ । कम्पनीका तत्कालीन प्रमुख कार्यकारी ब्रिएन थम्सन न्यूयोर्कमा गोली हानेर हत्या भएपछि कम्पनीमा उक्त पद खाली थियो ।
कम्पनीका दिग्गज टिम नोएलले कम्पनीको बागडोर सम्हाल्ने भएका छन् । डिसेम्बर ४ मा मध्य म्यानह्याटनमा थम्सनलाई गोली हानिएको थियो ।
यस घटनाले अमेरिकी स्वास्थ्य हेरचाह प्रणाली कसरी सञ्चालन भइरहेको छ भन्नेबारे बहस चर्काएको थियो ।
गोली प्रहारको घटनाको ५ दिनपछि प्रहरीले सन्दिग्ध लुइगी म्यानजियोनलाई समातेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण