भारतीय सेनाको हतियार कारखानामा विस्फोट, कम्तीमा ८ जनाको मृत्यु
शुक्रबार, ११ माघ २०८१, १४ : ५०
मुम्बई । भारतको महाराष्ट्र राज्यमा सेनाको हतियार कारखानामा विस्फोट भएको छ । भण्डारा भन्ने ठाउँमा रहेको हतियार कारखानामा शुक्रबार बिहान स्थानीय समयअनुसार करिब १०ः ३० बजे विस्फोट भएको हो ।
विस्फोटको आवाज पाँच किलोमिटर टाढासम्म सुनिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । के कारणले विस्फोट भयो भन्नेबारे प्रस्ट भइसकेको छैन ।
विस्फोटबाट हतियार कारखानाको एउटा छत भत्किएको र जेसीबीको मद्दतमा भग्नावशेष पन्छाउने काम भइरहेको अधिकारीहरूले जनाएका छन् ।
महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले भत्किएको छतले पुरिएर १३–१४ जना फसेको जानकारी पाएको बताएका छन् । यो कारखानामा भारतीय सेनाका लागि आवश्यक विभिन्न हतियार तथा विस्फोटक पदार्थ निर्माण हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण