९ वर्षपछि बन्दैछ कपिल शर्माको फिल्मको सिक्वेल
नयाँ दिल्ली । २०१५ मा भारतीय कमेडियन कपिल शर्माले ‘किस किस को प्यार करूं’बाट बलिउडमा डेब्यू गरेका थिए । अब्बास–मस्तानद्वारा निर्देशित यो फिल्मलाई दर्शकहरूले निकै मन पराएका थिए ।
फिल्मले बक्स अफिसमा ४३ करोड भारुको व्यापार गरेका थिए । ९ वर्षपछि कपिल शर्मा र अब्बास–मस्तान एक पटक फेरि एक साथ आएका छन् । मुम्बईमा ‘किस किस को प्यार करूं २’ को छायाङ्कन सुरु भएको छ ।
यसपटक कपिलको चरित्रमा विशेष ध्यान दिइने बताइएको छ । फिल्ममा उनको चरित्रमा दर्शकहरूले कमेडी र ‘कन्फ्युजन’को मिश्रण देख्न पाउनेछन् । पहिलो फिल्ममा जस्तै यसमा पनि धेरै महिला कलाकारहरू देखिनेछन् ।
अहिले फिल्ममा कास्टिङको काम भइरहेको छ । स्रोतका अनुसार निर्माताहरूले यस पटक पनि कपिलको अपोजिटमा केही नयाँ अभिनेत्रीहरूलाई कास्ट गर्ने योजना बनाएका छन् ।
फिल्मको कथा कपिलको चरित्रको वरिपरि घुम्नेछ, जहाँ उनी फेरि केही ठुला ‘कन्फ्युजन’ मा फसेको देखिनेछ । फिल्ममा रोमान्स, ड्रामा र कमेडीको राम्रो मिश्रण हुन बताइएको छ । निर्माताहरूले दर्शकलाई पहिलेभन्दा बढी हँसाउने प्रयास गर्नेछन् ।
कपिलको चरित्रलाई नयाँ चुनौतीहरूको सामना गरेको देखाइनेछ । यसपटक पनि फिल्ममा अभिनेता मनजोत सिंह देखिनेछन् । मनजोत यस अघि फुक्रे र ड्रीम गर्ल जस्ता फिल्महरूमा देखिएका थिए ।
पहिलो फिल्ममा कपिल शर्माले गल्तिवस तीन जना केटीहरूसँग विवाह गरेको र यो रहस्य लुकाउन संघर्षरत् युवाको भूमिकामा थिए । सो फिल्ममा कपिल शर्मा, एली अवराम, सिमरन कौर मुन्डी र मंजरी फडणीस मुख्य भूमिकामा थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण