अमेरिकाले ग्रिनल्याण्ड कब्जा गर्नेमा ढुक्क छन् ट्रम्प
वासिङ्टन डीसी । ग्रिनल्याण्डमाथि अमेरिकाको नियन्त्रण हुनेमा आफू विश्वस्त रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । हालैका हप्ताहरूमा, ट्रम्पले डेनमार्कको उक्त स्वायत्त क्षेत्र प्राप्त गर्न नयाँ चासो व्यक्त गरिरहेका छन् ।
‘मलाई लाग्छ हामी यो प्राप्त गर्नेछौँ । त्यो टापुका ५६ हजार बासिन्दाहरू हामीसँग आउन चाहन्छन् ।’ ट्रम्पले शनिवार एयर फोर्स वानमा पत्रकारहरूलाई भनेका थिए । ट्रम्पको यस्तै बयानहरूका बिचमा गएको हप्ता डेनमार्ककी प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सनले ट्रम्पसँगको कुराकानीमा ग्रिनल्याण्ड बिक्रीको लागि उपलब्ध छैन भनेको बताइएको थियो ।
ट्रम्पले आफ्नो पहिलो कार्यकालमा पनि ग्रिनल्यान्ड किन्ने सम्भावना व्यक्त गरेका थिए । ग्रिनल्याण्डमाथि अमेरिकाको नियन्त्रण अन्तर्राष्ट्रिय सुरक्षाको लागि महत्त्वपूर्ण भएको उनको भनाइ थियो ।
‘मलाई विश्वास छ कि मानिसहरू हामीसँग सामेल हुन चाहन्छन् । मलाई साँच्चै थाहा छैन कि यसमा डेनमार्कको के दाबी छ, तर यदि उसले यस्तो हुन दिएनन् भने यो एकदमै अमित्रतापूर्ण कदम हुनेछ, किनकि यो स्वतन्त्र संसारको सुरक्षाको लागि हो’ ट्रम्पले भने ।
ग्रिनल्यान्ड अमेरिकाको कब्जामा हुने संसारको स्वतन्त्रतासँग सम्बन्धित भएको र यसमा अमेरिकाको कुनै लेनदेन नभएको पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण