अवामी लिगले बंगलादेशमा चुनाव लड्न नपाउने
ढाका । बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाको समस्या कम हुने कुनै संकेत छैन । अब मोहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारले शेख हसिनाको पार्टी अवामी लिगलाई देशमा चुनाव लड्न प्रतिबन्ध लगाएको छ ।
बंगलादेशको अन्तरिम सरकारका एक प्रमुख सल्लाहकारले शनिबार शेख हसिनाको अवामी लिग पार्टीलाई चुनाव लड्न अनु मति नदिने बताएका छन् ।
विद्यार्थी आन्दोलनका शीर्ष नेता महफुज आलमले चुनाव बंगलादेश समर्थक समूहहरू बीच मात्र लडिने बताएका छन् । पूर्व प्रधानमन्त्री खालिदा जियाको बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी), जमात–ए–इस्लाम र अन्य ‘बंगलादेश समर्थक’ समूहहरूले मात्र देशमा आफ्नो राजनीति जारी राख्न सक्ने मध्य चाँदपुर जिल्लामा आयोजित सडक जुलुसलाई सम्बोधन गर्दै आलमले बताए ।
कुनै एकले ‘निष्पक्ष निर्वाचन प्रक्रियामार्फत भविष्यको शासन स्थापना गर्ने’ उनको भनाइ थियो ।
तर यो देशमा अवामी लिगको पुनर्स्थापनालाई अनुमति नदिइने मुख्य सल्लाहकार युनुसको प्रशासनमा विभागविहीन मन्त्री आलमले भने ।
न्यूनतम सुधार लागू नभएसम्म र फासीवादी हसिना सरकारद्वारा ध्वस्त पारिएका संस्थाहरूको पुनः संरचना नभएसम्म कुनै पनि चुनाव नहुने पनि उनले स्पष्ट पारेका छन् ।
आलमलाई सुरुमा युनुसले आफ्नो सरकारमा विशेष सहायकको रूपमा नियुक्त गरेका थिए । पछि उनले अन्तरिम मन्त्रिपरिषद्मा सल्लाहकारको रूपमा काम गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण