न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काको संसदीय सुनुवाइ माघ २० गते

काठमाडौँ । संसदीय सुनुवाइ समितिले माघ २० गते न्याय परिषद् सदस्यमा प्रस्तावित दामोदर खड्काको संसदीय सुनुवाइ गर्ने भएको छ । सिंहदरबारमा सोमबार बसेको समिति बैठकमा न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काको संसदीय सुनुवाइ गर्ने सन्दर्भमा समिति सचिवालयले तयार पारेको कार्यतालिका परिमार्जन सहित पारित गरेको समिति सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन् ।
कार्यतालिका अनुसार खड्का विरुद्ध कुनै सूचना वा उजुरी भएमा जानकारी गराउन दिएको समयमा कुनै उजुरी प्राप्त नभएको समिति सभापति न्यौपानेले बताइन् । पौष २७ गते बसेको नेपाल बार एसोसिएसनको कार्यसमितिको बैठकले वरिष्ठ अधिवक्ता खड्कालाई रिक्त न्याय परिषद्को सदस्यमा सिफारिस गर्ने निर्णय गरेको थियो ।
संसदीय सुनवाइबाट अनुमोदित भएपछि परिषद् सदस्य नियुक्त हुने प्रक्रिया रहेको छ । यसअघि सदस्य रहेका रामप्रसाद श्रेष्ठले पुस १५ गते अवकाश पाएपछि सदस्य पद रिक्त रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली सूचीकृत कम्पनीमा अन्तर्राष्ट्रिय दिगोपना मापदण्ड भित्र्याउन नेप्सेको पहल
-
माओवादीको अवरोधपछि गण्डकी प्रदेशसभा बैठक ३० मिनेटका लागि स्थगित
-
अख्तियारको सेलेक्टिभ न्याय : ‘ठुला माछा’ फसेको काण्डमा यसरी उम्किए रामदेव र बालकृष्ण
-
बेँसीसहर–चामे सडक अवरुद्ध
-
प्रतिनिधिसभा बैठक रास्वपाले पनि गर्यो बहिस्कार
-
मस्तिष्कले आफैँ मेटाइदिन्छ नराम्रो स्मृति ?