विप्लवलाई सचेत गराउँदै माधवले भने– आम्दानीसँगै स्वार्थले दुर्घटना नहोस्
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आम्दानीसँगै स्वार्थको सङ्घर्ष बढ्नेतर्फ ध्यान दिन नेकपाका महासचिव नेत्रविक्रम चन्दलाई सुझाव दिएका छन् । माओवादीले रोल्पा लगायत गरिएका कम्युन समीक्षा गरी अगाडि बढ्न सुझाव दिएका हुन् ।
‘उत्पादनबाट आम्दानी बढ्छ । आम्दानीसँगै स्वार्थ बढ्छ । त्यसले दुर्घटना निम्तन्छन् । विगतमा कम्युन प्रणालीबाट भएका उत्पादन, त्यसको प्रतिफलबारे अध्ययन गर्नुपर्छ । माओवादीले रोल्पा लगायत गठन भएको कति सफल भयो त्यसबारे समीक्षा गर्नुपर्छ । नेकपाभित्र यो छ कि छैन, त्यो आन्तरिक कुरा भयो हामीले भन्न मिल्दैन । तर त्यस्तो नहोस् भनेर सुझाव दिन्छु’, उनले भने ।
उत्पादनमा राज्यले ध्यान दिनुपर्ने भए पनि भ्रष्टहरू बढ्दै गएका, सत्ताको दुरुपयोग गर्ने प्रवृत्ति हावी हुँदै गएकाले समस्या देखिएको नेपालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण