आशिका तामाङमाथि आपराधिक उपद्रव सम्बन्धी कसुरमा अनुसन्धान
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले तोकेको धरौटी बुझाएर छुटेकी आशिका तामाङ फेरि पक्राउ परेकी छन् । सोमबार १० हजार धरौटी बुझाएर उनी छुटेकी थिइन् ।
तर, आपराधिक उपद्रव सम्बन्धी कसुरमा अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज न्यौपानेले रातोपाटीलाई बताए । उनले भने,‘हामीले पत्र पठाएका थियौँ, सोही अनुसार प्रहरी वृत्त गौशालाले हामीलाई बुझाएको छ ।’
उनीविरुद्ध प्रहरी वृत्त जगातेमा आपराधिक उपद्रव गर्न नहुने कसुरमा उजुरी परेको डीएसपी न्यौपानेले बताए । उनले भने, ‘प्रहरी वृत्त जगातेले त्यसबारे अनुसन्धान गरिरहेको छ ।’
साँगा स्थित झोलुंगे पुलमा प्रवेश गर्नेहरुसँग सूर्यबिनायक नगरपालिकाले २० रुपैयाँ कर सङ्कलन गर्दै आएको थियो । आफूलाई अभियन्ता दावी गर्ने तामाङले कर लिने निर्णयको विरोध गर्दै कर्मचारीहरूबाट रसिद खोसेर जलाएको आरोप छ । सूर्यबिनायक नगरपालिकाले त्यसबारे अनुसन्धान गर्न भन्दै प्रहरीमा जाहेरी दिएको छ । उनीविरुद्ध अदालतबाट म्याद लिएर अनुसन्धान गरिने डीएसपी न्यौपानेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण