आशिका तामाङमाथि आपराधिक उपद्रव सम्बन्धी कसुरमा अनुसन्धान

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले तोकेको धरौटी बुझाएर छुटेकी आशिका तामाङ फेरि पक्राउ परेकी छन् । सोमबार १० हजार धरौटी बुझाएर उनी छुटेकी थिइन् ।
तर, आपराधिक उपद्रव सम्बन्धी कसुरमा अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज न्यौपानेले रातोपाटीलाई बताए । उनले भने,‘हामीले पत्र पठाएका थियौँ, सोही अनुसार प्रहरी वृत्त गौशालाले हामीलाई बुझाएको छ ।’
उनीविरुद्ध प्रहरी वृत्त जगातेमा आपराधिक उपद्रव गर्न नहुने कसुरमा उजुरी परेको डीएसपी न्यौपानेले बताए । उनले भने, ‘प्रहरी वृत्त जगातेले त्यसबारे अनुसन्धान गरिरहेको छ ।’
साँगा स्थित झोलुंगे पुलमा प्रवेश गर्नेहरुसँग सूर्यबिनायक नगरपालिकाले २० रुपैयाँ कर सङ्कलन गर्दै आएको थियो । आफूलाई अभियन्ता दावी गर्ने तामाङले कर लिने निर्णयको विरोध गर्दै कर्मचारीहरूबाट रसिद खोसेर जलाएको आरोप छ । सूर्यबिनायक नगरपालिकाले त्यसबारे अनुसन्धान गर्न भन्दै प्रहरीमा जाहेरी दिएको छ । उनीविरुद्ध अदालतबाट म्याद लिएर अनुसन्धान गरिने डीएसपी न्यौपानेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्घटनामा प्रहरी सहायक निरीक्षकको मृत्यु
-
दलहरूले जनताको जीवनस्तर उकास्नेतर्फ लाग्नुपर्छ : अध्यक्ष बिजुक्छे
-
वाईसीएलको काठमाडौँ महानगर अध्यक्षमा डा. शुभेच्छा श्रेष्ठ निर्वाचित
-
नेपालको संविधानले सबै जातिको अधिकार सुनिश्चित गरेको छ : मन्त्री गुरुङ
-
सुदूरपश्चिममा रेडियो पत्रकारका लागि दुई दिने प्रशिक्षण
-
काशीनाथ–हरिप्रिया कट्टेल वाङ्मय पुरस्कार प्रदान