सामसङको भ्यालेन्टाइन अफर : ग्यालेक्सी एस २४ अल्ट्रा र जेड सिरिजमा छुट र गिफ्ट
काठमाडौँ । सन् २०२५ को भ्यालेन्टाइन सिजनमा सामसङ नेपालले ग्यालेक्सी जेड सिरिजका फोल्डेबल र ग्यालेक्सी एस २४ अल्ट्रा स्मार्टफोनको मूल्यमा छुटका साथै बोनस फ्री गिफ्टको अफर ल्याएको छ ।
यो भ्यालेन्टाइन सिजनमा ग्यालेक्सी जेड फोल्ड ६, ग्यालेक्सी जेड फ्लिप ६ वा ग्यालेक्सी एस २४ अल्ट्रा (१२/२५६ जीबी) मा ग्राहकहरूले २५ हजार रुपैयाँसम्मको बचत गर्न सक्ने कम्पनीले जनाएको हो । साथै ग्यालेक्सी जेड फोल्ड ६ को खरिद गर्दा रु.५,४९९/– मूल्य रहेको क्लियर केस र ग्यालेक्सी जेड फ्लिप ६ को खरिदमा रु.५,४९९/– मूल्य रहेको सिलिकन केस पनि ग्राहकहरूले निःशुल्क प्राप्त गर्न सकिनेछ ।
साथै, देशभरका आधिकारिक सामसङ स्टोरहरूमा उपलब्ध सामसङ इनस्टा फाइनान्स सेवाबाट ग्यालेक्सी जेड सिरिजका स्मार्टफोनहरूलाई १८ महिनासम्म र ग्यालेक्सी एस २४ अल्ट्रालाई १२ महिनासम्मको अवधि भित्र ०% ब्याज दरमा सजिलो ईएमआईमा प्राप्त गर्न सकिनेछ । यो प्रक्रियालाई सहज बनाउनको लागि प्रमाणपत्रको रूपमा तपाईँलाई केवल आफ्नो नागरिकताको आवश्यक पर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण