हतारमा पार्टी एकता नगर्ने पक्षमा प्रचण्ड
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू हतारमा पार्टी एकता गर्ने पक्षमा नरहेको स्पष्ट सन्देश दिएका छन् । समाजवादी मोर्चाले मंगलबार काठमाडौँमा गरेको विचार सभालाई सम्बोधन गर्दै उनले अहिले एकता नभए मोर्चामा अभ्यास गरेर जानुपर्ने धारणा राखे ।
मोर्चाका संयोजक समेत रहेका नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पार्टी एकता गर्न प्रचण्ड तयार नभएको आरोपको खण्डन गर्दै प्रचण्डले भने,‘पार्टी एकतामा प्रचण्डले अरुचि गर्यो कि भने जसरी कमरेडहरूले मप्रति ताक्ने गरेका छन् । त्यस्तो होइन, म तत्काल एकता गर्ने पक्षमा छु । तर हतारोमा एकता गर्दा असफल भएको विगतका अनुभव छन् । मोर्चा बनाएर नै विचारमा एकमत भएपछि एकता गर्दा दिगो हुन्छ । यसको मतलब कछुवाको गतिमा वर्षौ लगाउने भन्न खोजेको होइन ।’
यस्तै उनले समाजवादी मोर्चालाई राष्ट्रिय राजनीतिको विकल्पको रूपमा उभ्याउनुपर्ने बताए ।
‘समाजवादी मोर्चा जागरूक नहुने हो भने देश दुर्घटनामा जाने सम्भावना छ । मोर्चालाई यथास्थितिवादी र प्रतिगामीविरुद्ध एकताबद्ध भएर रणनीतिक केन्द्र बनाउने उद्देश्यसहित विकल्पको रूपमा उभ्याउनुपर्छ’, उनले भने, ‘सबैले मेहनत गरेमा मोर्चाबाट अलग भएका जसपा नेपालको दुवै घटकलाई पनि मोर्चामा ल्याउन सकिने सम्भावना छ ।’
यसैगरी माओवादीका कारण मोर्चाको गतिविधि सुस्त नभएको जिकिर गर्दै प्रचण्डले सबै पार्टीको आन्तरिक बैठक, राष्ट्रिय राजनीतिमा आएको फेरबदलका कारण ढिलासुस्ती भएको स्पष्ट पारे ।
अहिले एकताभन्दा पनि आ–आफ्ना पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिए । पूर्वप्रधानमन्त्री माधव नेपाल, संयोजक नेत्रविक्रम चन्द विप्लव लगायतले मोर्चाको गतिविधि ६ महिनासम्म निष्क्रिय भएकोमा ब्यांग्य गरेका थिए । यस्तै कार्यक्रममा उनले केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारले भ्रष्टाचारमा मुछिएका आफ्नालाई जोगाउने र विपक्षका राम्रालाई दुःख दिने काम गरेको आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण