पाकिस्तानी सेनाको चेकपोष्टमा आक्रमण, दुई सैनिक मारिए
मङ्गलबार, १५ माघ २०८१, २१ : ४५
इस्लामावाद । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा सेनाको एउटा चेकपोस्टमा भएको आक्रमणमा दुई सैनिक र पाँच सशस्त्र विद्रोहीहरूको मृत्यु भएको सेनाले जनाएको छ ।
सशस्त्र विद्रोहीहरूले प्रान्तको किला अब्दुल्ला जिल्लाको गुलिस्तान क्षेत्रमा रहेको सुरक्षा बलको चौकीलाई निशाना बनाएको सैन्य सञ्चार शाखा इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले एक विज्ञप्तिमार्फत जनाएको छ ।
आत्मघाती आक्रमणकारीहरू सहित सशस्त्र विद्रोहीहरूको एक समूहले चेकपोस्टमा प्रवेश गर्ने प्रयास गरेको आईएसपीआरले विज्ञप्तिमा उल्लेख गरेको छ । सशस्त्र विद्रोहीहरूले विस्फोटक पदार्थले भरिएको गाडी पोस्टको पर्खालमा ठोकेका थिए । यस क्षेत्रमा अन्य सशस्त्र विद्रोहीहरूको उपस्थिति समाप्त गर्न सेनाको अपरेशन चलिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण