महाकुम्भमा भागदौडपछि प्रयागराजमा श्रद्धालुको प्रवेशमा रोक
नयाँ दिल्ली । मंगलबार राति करिब १ः३० बजे प्रयागराजको संगम किनारमा भागदौड मच्चियो । यस दुर्घटनामा १४ भन्दा बढीको मृत्यु भएको बताइएको छ । अरू ५० भन्दा बढी भक्तजन घाइते भएका छन् । १४ वटा शव पोस्टमार्टमको लागि ल्याइएको स्वरूप रानी अस्पतालमा उपस्थित आफ्ना रिपोर्टरले बताएको भन्दै भास्कर दैनिकले समाचार छापेको छ । तर प्रशासनले मृत्यु वा घाइतेको संख्याको बारेमा कुनै जानकारी दिएको छैन ।
भागदौड पछि प्रयागराजमा प्रवेश रोक लगाइएको छ । दुर्घटनापछि, एनएसजी कमाण्डोहरूले संगम किनारमा जिम्मेवारी लिएका छन् । संगम नोज क्षेत्रमा सर्वसाधारणको प्रवेश निषेध गरिएको छ । भीड बढ्न नदिन प्रयागराजसँग जोडिएका जिल्लाहरूमा भक्तजनहरूलाई प्रवेशमा रोक लगाइएको छ । त्यहाँका प्रशासनलाई सतर्क गराइएको छ ।प्रशासनको अनुरोधमा १३ वटै अखाडाहरूले आज मौनी अमावस्याको अमृत स्नान रद्द गरेका थिए ।
यसपछि अखाडाहरूको बैठक बोलाइएको थियो । प्रधानमन्त्री नरेन्द्र मोदीले योगीसँग चार पटक फोनमा कुरा गरेर घटनाको बारेमा विवरण लिएछन् । अधिकारीहरूले हेलिकप्टरबाट महाकुम्भको निगरानी गरिरहेका छन् । स्थिति नियन्त्रणमा रहेको र हल्लाहरुमा ध्यान नदिन उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले अनुरोध गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण