डीपसिकको संवेदनशील डेटा इन्टरनेटमा चुहिएको दाबी
काठमाडौँ । चिनियाँ एआई स्टार्टअप डीपसिकको संवेदनशील डाटा इन्टरनेटमा लिक भएको दाबी गरिएको छ ।
इजरायली साइबर सुरक्षा फर्म ‘विज’ले चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअप डीपसिकबाट ठुलो मात्रामा संवेदनशील डेटा बरामद गरेको दाबी गरेको छ । यी डेटा अनजानमा खुला इन्टरनेटमा चुहावट भएको भनिएको छ ।
बुधवार प्रकाशित ब्लग पोस्टमा, विजले डीपसिकको पूर्वाधारको स्क्यान गर्दा कम्पनीले गल्तीले दस लाख भन्दा बढी लाइनको डेटा असुरक्षित छोडेको पत्ता लागेको जनाएको छ । यसमा डिजिटल सफ्टवेयर किज र च्याट लगहरू पनि भएको भनिएको छ ।
आफ्नो फर्मबाट सचेत गराएपछि डिपसिकले तुरुन्तै डेटा सुरक्षित गरेको विजका प्रमुख प्रविधि अधिकारीले भनेका छन् । उनीहरूले यसलाई एक घण्टा भन्दा कम समयमा हटाएको र यो फेला पार्न यति सजिलो भएको आफूले नभनेको भए अरूले पनि कम्पनीलाई यसबारे भनिदिन सक्ने विजका सह–संस्थापक अमी लुटवाकले बताए ।
डीपसिकले हामो प्रविधि चोरेर एआई मोडेल बनाएको होः अमेरिका
अमेरिकाले चिनियाँ स्टार्टअप कम्पनीको एआई मोडेल डीपसिकमाथि कडा टिप्पणी गरेको छ । कम्पनीको अहिले चर्चामा रहेको एआई मोडल चोरी गरिएको अमेरिकी प्रविधिमा आधारित भएको बताइएको छ ।
राष्ट्रपति डोनल्ड ट्रम्पको दोस्रो कार्यकालको वाणिज्य मन्त्रीको पदमा मनोनीत भएर बुधवार सिनेटरहरूलाई सम्बोधन गर्दै हावर्ड लुटनिकले यस्तो बताएका हुन् । चीनको डिपसिकले चोरी भएको अमेरिकी प्रविधि र उन्नत अमेरिकी अर्धचालक चिप्सको फाइदा उठाएर धेरै सस्तो र शक्तिशाली कृत्रिम बुद्धिमत्ता मोडेल सिर्जना गर्न सकेको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण