जनताको अवस्थामा अझै परिवर्तन आएको छैन : अध्यक्ष दाहाल
मुग्लिन । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले जनताको अवस्थामा अझै परिवर्तन नभएको बताएका छन् । आज धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ स्थित चरौँदीमा आयोजित श्रीमद् भागवत ज्ञान महाज्ञको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले ठूलो त्याग र बलिदानबाट राजनीतिक परिवर्तन भए पनि अझै जनताको अवस्थामा परिवर्तन हुन नसकेको बताएका हुन् ।
अध्यक्ष दाहालले भने, ‘नेपाली जनताले बारम्बारको त्याग र बलिदान गरेर राजनीतिक परिवर्तन गरेका छन्, तर जनताको अवस्थामा अझै परिवर्तन हुन सकिरहेको छैन ।’
ठूलो त्यागबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक २०७२ को नयाँ संविधान र त्यस संविधानमा विभिन्न उत्पीडित जातजाती, उत्पीडित वर्ग, लिङ्ग, क्षेत्र र समुदायका जनताको मौलिक हक अधिकार शिक्षा, स्वास्थ्य, आवास, रोजगारी, खानेपानी लगायतका सवालमा प्रष्ट व्यवस्था भए अझै खासै उपभोग गर्न नपाउँदा जनतामा निराशा बढिरहेको उनको भनाइ छ ।
जनताको सम्पूर्ण मौलिक हकअधिकार उपभोग गर्नका लागि सहज वातावरण बनाउन आवश्यक ऐन कानुन बन्न नसकेको उनले बताए । आफू ऐन निर्माण गर्ने ठाउँको नेतृत्वमा रहेर कैयौँ व्यावहारिक कानुनी जटिलताका कारण सोचे जस्तो काम हुन नसकेको उनले बताए । शुक्रबारदेखि सुरु हुने हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन, निजामती ऐन, प्रहरी समायोजन ऐनलगायत महत्वपूर्ण दर्जनौँ ऐन पारित हुने विश्वास व्यक्त गरे ।
साथै अध्यक्ष दाहालले शिक्षामा लगानी बढाउन आवश्यक रहेको बताए । स्थानीय तहको नेतृत्वमा अभिभावकको प्रत्यक्ष रेखदेख र सक्रिय सहभागिता नपुगेसम्म शिक्षाको विकास नहुने उनको भनाइ छ । बेनीघाट रोराङ गाउँपालिकाले शिक्षाका लागि सञ्चालन गरेको अभियान सराहनीय भएको र यस अभियानमा धादिङ जिल्लासहित छिमेकी जिल्लाबाट साथ सहयोग हुने विश्वास व्यक्त गरे ।
गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलियाले सीमान्तकृत, दलित आर्थिक विपन्नताका कारण विद्यालय जान नसक्ने बालबालिकाहरुको शिक्षाका लागि गाउँपालिकाले आवासीय विद्यालय सञ्चालन गरिरहेको बताए ।
ती बालबालिकाको शिक्षाका लागि कोष खडा गर्न लागि ‘शिक्षाका लागि भिक्षा अभियान’ सञ्चालन गरिएको उनको भनाइ थियो । सोही अभियानअन्तर्गत आजदेखि माघ २३ गतेसम्म महायज्ञ सञ्चालन गरिएको छ । महायत्रमा राधिका दासले कचा वाचन गर्नेछिन् ।,
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण