विमान दुर्घटनामा बाइडेनको समयमा भर्ती भएकाहरू दोषी भएको ट्रम्पको आरोप

वासिङटन डीसी । अमेरिकाको राजधानी वासिङ्टन डीसीमा बिहीबार ६७ जनाको ज्यान जाने गरी भएको विमान र हेलिकप्टर दुघर्टनाबारे राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको बयान विवादास्पद बनेको छ । यो दुर्घटनाको लागि जो बाइडेन र बाराक ओबामाको नीति जिम्मेवार रहेको ट्रम्पले पत्रकार सम्मेलनमा भनेका थिए ।
दुर्घटना बाइडेन र ओबामाको सङ्घीय विविधता नीतिका कारण भएको उनको भनाइ थियो । ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले हेलिकप्टर पाइलटको आलोचना गरेका थिए । यसको लागि उनले हवाई ट्राफिक नियन्त्रकहरूलाई दोष दिए ।
उनले भने कि दुर्घटना कसरी भयो भन्ने हामीलाई थाहा छैन तर आफूहरूसँग यसबारे धेरै बलियो विचारहरू भनेर उनले भनेका थिए । सङ्घीय उड्डयन प्रशासन एफएएमा विविध भर्तीका कारण सुरक्षा मापदण्डहरू कमजोर भएको उनले भनेका छन् ।
यो कार्यक्रममा एयर ट्राफिक कन्ट्रोलरमा मानसिक रूपमा समस्याग्रस्त र असक्षम मानिसलाई भर्ती गरिएको आरोप ट्रम्पको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोग पदाधिकारीका लागि सर्च कमिटीमा धमाधम अन्तर्वार्ता, पहिलो दिन ११ जनाको सकियो
-
जसपा नेपाल : चार जिल्ला समितिको अधिवेशन कार्यतालिका सार्वजनिक
-
८० प्रतिशत दलित महिला बलात्कारपछि मारिन्छन्
-
बार्सिलोनाका मार्टिनेज भन्छन्, ‘उनले मेरो कानमा आएर खुसीयाली मनाए तर, मैले थुकेको हाेइन’
-
‘राज्यसत्तासम्म दलितको पहुँच पुगेन, उनीहरूलाई जे गरे पनि हुन्छ भन्ने सोच छ’
-
रेबिज लागेर एक जनाको मृत्यु