विमान दुर्घटनामा बाइडेनको समयमा भर्ती भएकाहरू दोषी भएको ट्रम्पको आरोप
वासिङटन डीसी । अमेरिकाको राजधानी वासिङ्टन डीसीमा बिहीबार ६७ जनाको ज्यान जाने गरी भएको विमान र हेलिकप्टर दुघर्टनाबारे राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको बयान विवादास्पद बनेको छ । यो दुर्घटनाको लागि जो बाइडेन र बाराक ओबामाको नीति जिम्मेवार रहेको ट्रम्पले पत्रकार सम्मेलनमा भनेका थिए ।
दुर्घटना बाइडेन र ओबामाको सङ्घीय विविधता नीतिका कारण भएको उनको भनाइ थियो । ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले हेलिकप्टर पाइलटको आलोचना गरेका थिए । यसको लागि उनले हवाई ट्राफिक नियन्त्रकहरूलाई दोष दिए ।
उनले भने कि दुर्घटना कसरी भयो भन्ने हामीलाई थाहा छैन तर आफूहरूसँग यसबारे धेरै बलियो विचारहरू भनेर उनले भनेका थिए । सङ्घीय उड्डयन प्रशासन एफएएमा विविध भर्तीका कारण सुरक्षा मापदण्डहरू कमजोर भएको उनले भनेका छन् ।
यो कार्यक्रममा एयर ट्राफिक कन्ट्रोलरमा मानसिक रूपमा समस्याग्रस्त र असक्षम मानिसलाई भर्ती गरिएको आरोप ट्रम्पको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण