संसद् बैठक
‘पार्टी टुक्र्याउने खुद्रे कुरा यो सरकारको मेन्युमा छैन’
शुक्रबार, १८ माघ २०८१, १४ : १९
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने यो सरकारको कुनै योजना नरहेको स्पष्ट पारेका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले यसबारे कसैले भय नराख्न स्पष्ट पारेका हुन् ।
पार्टी टुक्र्याउने भत्काउने जस्ता खुद्रे कुराहरू यो सरकारको मेन्युमा नभएको उनको जिकिर थियो । उनले भने, ‘कति पय साथीहरूले बच्चाको जस्तो स्वभाव भन्ने टिप्पणी सुन्ने गरेको छु । बच्चा होस् या पाका कसैलाई पनि डर देखाउनुहुँदैन भन्ने म ठान्छु । आफैसँग डराउनेलाई दिने जवाफ चाहिँ मसँग छैन ।’
उनले थपे, ‘बरु तिनीहरू आफै पो कर्मको भयपासमा परेका हुन् कि । आज यत्ति चाहिँ भन्छु पार्टी टुक्र्याउने भत्काउने जस्ता खुद्रे कुराहरू यो सरकारको मेन्युमा छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण