अदालत
आशिका तामाङलाई २० हजार धरौटीमा छाड्न आदेश
शुक्रबार, १८ माघ २०८१, १५ : ४९

काठमाडौँ । आशिका तामाङलाई भक्तपुर जिल्ला अदालतले २० हजार धरौटीमा रिहा गर्न आदेश गरेको छ । आपराधिक उपद्रव गर्न नहुने कसुरमा न्यायाधीश सन्तोष प्रसाद पराजुलीले उनलाई धरौटीमा छाड्ने आदेश गरेका हुन् ।
साँगास्थित झोलुंगे पुलमा प्रवेश गर्नेहरूसँग सूर्यविनायक नगरपालिकाले २० रुपैयाँ कर संकलन गर्दै आएको थियो । आफूलाई अभियन्ता दाबी गर्ने तामाङले कर लिने निर्णयको विरोध गर्दै कर्मचारीहरूबाट रसिद खोसेर जलाएकी थिइन् ।
सूर्यविनायक नगरपालिकाको जाहेरीको आधारमा प्रहरी वृत्त जगातेले उनीमाथि अनुसन्धान गरेर प्रहरी प्रतिवेदन बुझाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले व्यापार उद्योग गर्ने होइन : सभापति देउवा
-
समाज असहिष्णुतातिर अघि बढ्दैछ : दीपकराज गिरी
-
‘शिक्षक आन्दोलनमा सरकारले घुसपैठ गराएर दमन गर्यो’
-
शिक्षकहरूको माग सम्बोधनका विषयमा शिक्षामन्त्रीले सदनलाई जानकारी गराउनुपर्छ: सूर्य थापा
-
असन्तुष्टिको कारोबार नगरौँ : महामन्त्री थापा
-
एनआरएनए महाधिवेशनसम्बन्धी मुद्दा 'हेर्न नमिल्ने'