संसद्मा चित्रबहादुर केसी : माछा मिठा, काडा तिता
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेताप्रति जनताले घृणा प्रकट गरेको बताएका छन् । शुक्रवार प्रतिनिधिसभा बैठकमा बोल्दै नेता केसीले यस्तो बताएका हुन् । उनले जनतालाई सरकारले के दिएको भन्दै प्रश्न पनि गरे ।
‘अहिले नेपाली जनताले तपाईहरु सत्तामा शक्तिमा हुनुहुन्छ, के दृष्टिले हेरिरहेका छन् ? राजनेतामाथि यति घृणा जनताले प्रकट गरेपछि रहन्छ यो व्यवस्था’ केसीको प्रश्न थियो । उनले संविधान संशोधन गर्ने भनेर भने पनि खै संशोधन गरेको भनेर प्रश्न गर्दै प्रदेशमा मन्त्री बनाउनुपर्दा केन्द्रबाटै हस्तक्षेप हुने गरेको बताए । ‘प्रदेशमा कति उद्योग खुले, कति रोजगारी पाए ?’, उनले अध्यादेश सुकुम्वासीलाई जग्गा दिन हो कि दलाललाई फाइदा पुर्याउन भन्दै प्रश्न गरे ।
उनले सहकारीमा ठगिएका जनतालाई ठगहरूको सम्पत्ति खोजेर राज्यले सबभन्दा पहिला क्षतिपूर्ति दिनुपर्ने चन्दै भूमिहीन किसानलाई जमिन दिन अध्यादेश नल्याइएको दाबी गरे । उनले एमसीसीको विरोध गर्दै भने ‘माछा मिठा, काँडा तिता, बुझनुभो !’ उनले एमसीसी नेपालबाट फिर्ता गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण