इस्पानियोलसँग हार्यो रियाल मड्रिड
आइतबार, २० माघ २०८१, ०४ : ०७
काठमाडौं । स्पेनिस ला लिगामा रियाल मड्रिड इस्पानियोलसँग हारेको छ । शनिबार राती भएको खेलमा रियाल इस्पानियोलसँग १-० ले हारेको हो ।
इस्पानियोललाई जिताउन कार्लोस रोमेरोले गरेको गोल नै निर्णायक बन्यो । यो हारले शीर्ष स्थानको रियाललाई निकै घाटा लागेको छ । एकातिर गुमाएका खेलको संख्या सूची बढेर ३ पुगेको छ भने अर्कोतिर दोस्रो स्थानको एटलेटिको मड्रिडसँग अंक दुरी छोटिएको छ ।
एटलेटिको जम्मा १ अंकले रियाल भन्दा पछि छ । तर, जितेका खेलको संख्या कम भए पनि एटलेटिकोको हार संख्या भने रियाल भन्दा कम जम्मा २ छ । रियालले भने ३ खेल गुमाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण