अष्ट्रेलियामा बाढीका कारण एक जनाको मृत्यु
आइतबार, २० माघ २०८१, १६ : ०७
क्यानबेर्रा । उत्तर पूर्वी अष्ट्रेलियामा बाढीका कारण एक जनाको मृत्यु भएको छ । अचानक परेको मुसलधारे वर्षा र बाढीका कारण अरु हजारौँ घर भएका छन् ।
शुक्रबार यता उत्तरी क्विन्सल्यान्डको ठुलो हिस्सा बाढीको चपेटामा परेको बताइएको छ । बाढीका कारण घर र व्यवसायहरू डुबेका छन् । न्यून तटीय क्षेत्रमा बस्ने हजारौँ मानिसलाई घर छाडेर सुरक्षित स्थलमा जान भनिएको छ ।
आइतबार इन्घाममा बाढीमा डुबेर एक जना महिलाको मृत्यु भएको क्विन्सल्यान्डका प्रमुख डेभिड क्रिसाफुलीले भने । उद्धार गर्न गएको डुंगा रुखमा ठोक्किएर पल्टिएपछि ती महिलाको मृत्यु भएको बताइएको छ । उक्त डुंगामा ६ जना सवार थिए । अरु पाँच जनाको उद्धार गरिएको उत्तरी क्विन्सल्यान्डका राज्य विपद् संयोजक शेन चिलेपीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण