चाँदनीको हत्या प्रकरणमा आमा र बुवा पनि पक्राउ, ६ जनाविरुद्ध पाँच दिनको म्याद थप

विराटनगर । विराटनगर–५ विशालचोकमा १४ वर्षीया चाँदनी यादवको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बालिकाको आमा राज कुमारी र बुवा लालमन राय रहेका छन् । प्रहरी उनीहरूलाई भारतबाट पक्राउ गरेर आइतबार मोरङ ल्याएको हो ।
यसअघि बालिकाको हत्या आरोपमा प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएको मध्ये चार जना घटनामा संलग्न देखिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेद प्रकाश जोशीले जानकारी दिए । यसअघि प्रहरीले बालिकाको हजुरबुवा ५७ वर्षीय सरजुग मण्डल, उनकी पत्नी जानकी मण्डल, बालिकाको मामा रामबावु र माइजु जानकीदेवी मण्डललाई पक्राउ गरेको थियो । पक्राउ परेका ६ जनालाई मोरङ प्रहरीले आइतबार कर्तब्य ज्यान मुद्दामा पाँच दिनको पहिलो पटक म्याद थप गरेर अनुसन्धान सुरु गरेको डीएसपी जोशीले जानकारी दिए ।
चाँदनीको प्रेमीबाट छुटाउन बाबुआमा र मामली परिवार मिलेर हत्या गरेपछि मामली घरदेखि १२५ मिटर उत्तरमा चार फिट गहिरो खाल्डो खनेर गाडेको अवस्थामा शुक्रबार शव फेला परेको थियो । चाँदीनको घर भारत बिहार प्रदेशको छपरा जिल्लामा हो । उनी पुसको पहिलो हप्ता आमा राजकुमारी र दाजुसँग मामाघर विराटनगर आएकी थिइन् । आमा घर आएको एक महिना पछि ११ माघमा हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ । यद्यपि, प्रहरीले हत्याको मिती पत्ता लगाउन घटनाको अनुसन्धानका गर्दै आएको र पक्राउ परेकाहरुबाट भने घटनाका बारेमा थप कुरा खुल्ने डीएसपी जोशीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन