चाँदनीको हत्या प्रकरणमा आमा र बुवा पनि पक्राउ, ६ जनाविरुद्ध पाँच दिनको म्याद थप
विराटनगर । विराटनगर–५ विशालचोकमा १४ वर्षीया चाँदनी यादवको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बालिकाको आमा राज कुमारी र बुवा लालमन राय रहेका छन् । प्रहरी उनीहरूलाई भारतबाट पक्राउ गरेर आइतबार मोरङ ल्याएको हो ।
यसअघि बालिकाको हत्या आरोपमा प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएको मध्ये चार जना घटनामा संलग्न देखिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेद प्रकाश जोशीले जानकारी दिए । यसअघि प्रहरीले बालिकाको हजुरबुवा ५७ वर्षीय सरजुग मण्डल, उनकी पत्नी जानकी मण्डल, बालिकाको मामा रामबावु र माइजु जानकीदेवी मण्डललाई पक्राउ गरेको थियो । पक्राउ परेका ६ जनालाई मोरङ प्रहरीले आइतबार कर्तब्य ज्यान मुद्दामा पाँच दिनको पहिलो पटक म्याद थप गरेर अनुसन्धान सुरु गरेको डीएसपी जोशीले जानकारी दिए ।
चाँदनीको प्रेमीबाट छुटाउन बाबुआमा र मामली परिवार मिलेर हत्या गरेपछि मामली घरदेखि १२५ मिटर उत्तरमा चार फिट गहिरो खाल्डो खनेर गाडेको अवस्थामा शुक्रबार शव फेला परेको थियो । चाँदीनको घर भारत बिहार प्रदेशको छपरा जिल्लामा हो । उनी पुसको पहिलो हप्ता आमा राजकुमारी र दाजुसँग मामाघर विराटनगर आएकी थिइन् । आमा घर आएको एक महिना पछि ११ माघमा हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ । यद्यपि, प्रहरीले हत्याको मिती पत्ता लगाउन घटनाको अनुसन्धानका गर्दै आएको र पक्राउ परेकाहरुबाट भने घटनाका बारेमा थप कुरा खुल्ने डीएसपी जोशीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण