ट्रम्पले चीन–क्यानडा–मेक्सिकोमाथि अतिरिक्त महसुल लगाएपछि सेयर बजारमा भुँइचालो
वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन, क्यानडा र मेक्सिकोबाट आउने सामानमा अतिरिक्त महसुल लगाएपछि एसियाली सेयर बजारमा भुँइचालाे गएको छ । हप्ताको पहिलो दिनको कारोबारमा एसियामा अधिकांश प्रमुख सेयर बजार राताम्य बनेका छन् । अमेरिकाले अतिरिक्त महसुल लगाएपछि यसले पार्ने प्रभावबारे चिन्ताका बिच बजार ओरालो लागेका हुन् ।
सोमबारको कारोबारमा एसियामा सबैभन्दा धेरै कमी ताइवानी बजारमा देखियो । यो समाचार तयार पार्दासम्म नेपाली समयअनुसार मध्यान्ह ११ः३० बजे ताइवानको ताइवान वेटेड ३ दशमलव ५७ प्रतिशतको कमीसहित २२ हजार ६४४ दशमलव २३ अंकमा आएको थियो ।
जापानमा निक्केई २२५ परिसूचक पनि २ दशमलव ८९ प्रतिशतले घटेर ३८ हजार ४३२ दशमलव ७४ अंकमा ओर्लिएको थियो । दक्षिण कोरियामा कोस्पी २ दशमलव ८२ प्रतिशतले घट्दै २ हजार ४५० दशमलव ९६ प्रतिशतमा समेटिँदा इन्डोनेशियामा जर्काता कम्पोजिट पनि २ दशमलव ३२ प्रतिशतले घटेर ६ हजार ९४७ दशमलव ७७ अंकमा आएको थियो ।
चीनमा भने सोमबार बजार बन्द थियो । हङकङमा हाङशेङ १ दशमलव शून्य २ प्रतिशतले घटी २० हजार १८ दशमलव ३९ अंकमा झरेको थियो । भारतमा पनि निफ्टी शून्य दशमलव ८१ प्रतिशतले घट्दै २३ हजार ३७६ दशमलव ५ अंकमा ओर्लिएको थियो ।
सिंगापुर र थाइल्यान्डमा पनि बजार रातोमा आएका थिए । अमेरिकामा शेयर बजार ओरालो लाग्न सक्ने फ्यूचर्सले देखाएका छन् । शुक्रबार बजार बन्द हुँदा एसएन्डपी ५०० र नास्डाक दुबै रातोमा थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण