भारतीय अमेरिकी संगीतकार चन्द्रिका टन्डनले जितिन् ग्रामी अवार्ड
लस एञ्जलस । भारतीय –अमेरिकी गायिका तथा उद्यमी चन्द्रिका टनडनले ग्रामी अवार्ड जितेकी छिन् । लस एन्जलसमा आयोजित ६७ औँ ग्रामी अवार्ड समारोहमा एल्बम त्रिवेणीका लागि चन्द्रिकाले सो अवार्ड जितेकी हुन् ।
उनलाई सहकर्मीहरू दक्षिण अफ्रिकी बाँसुरीवादक वाउटर केलरम्यान्स र जापानी सेलिस्ट इरु मात्सुमोतोसँगै यो पुरस्कार दिइएको थियो । अवार्ड जितेकोे क्षणलाई उनले अद्भुत बताइन् । चन्द्रिकाले सर्वश्रेष्ठ न्यू एज, एम्बिएन्ट वा च्याट एल्बमको श्रेणीमा सो अवार्ड पाएकी हुन् । यो टन्डन दोस्रो ग्रामी मनोनयन थियो ।
यसअघि २००९ मा उनको एल्बम ‘सोल कल’ ग्रामीको मनोनयनमा परेको थियो । तर अवार्ड हात पारेको चाँहि यो नै पहिलो पटक हो । त्रिवेणी २०२४ को अगष्ट ३० मा रिलिज भएको थियो । यसमा पाथवे टु लाइट, चान्ट इन ए, जर्नी विदिनलगायत सात गित छन् । चन्द्रिका अमेरिकी हल्का पेय पदार्थ पेप्सिकोकी पूर्व सीईओ इन्द्रा नूयीकी दिदी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण