उत्तरी सिरियामा कार बम विष्फोट, १५ जनाको मृत्यु
दमास्कस । सिरियामा भीषण बम विस्फोट भएको छ । यस घटनामा कम्तिमा १५ जनाको मृत्यु भएको खबर छ । उत्तरी सिरियाली शहरको बाहिरी इलाकामा सोमबार भएको कार बम विस्फोटमा अरु दर्जनौं घाइते भएको बताइएको छ ।
मानबिज शहरको बाहिरी इलाकामा कार विस्फोट भएको थियो । कृषि कामदार बोकेको गाडी कारको छेउबाट गुज्रिरहेको बेला विस्फोट हुँदा सो गाडीमा सवार १४ महिला र एक पुरुष कामदारको मृत्यु भएको छ । अन्य पन्ध्र जना महिला घाइते भएको बताइएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।
यस घटनामा १८ महिला र एक पुरुषको मृत्यु भएको बेलायतस्थित युद्ध अनुगमनकर्ता ‘सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स’ ले भनेको छ । डिसेम्बरमा राष्ट्रपति बसर अल असदको पतन पछि, उत्तरपूर्वी अलेप्पो प्रान्तको मनबिजमा हिंसा जारी छ ।
यहाँ तुर्कमेनिस्तान–समर्थित समूहहरू (सिरियन नेशनल आर्मी) ले अमेरिका–समर्थित कुर्दिश–नेतृत्वको सिरियन डेमोक्रेटिक फोर्स सँग भिडन्त गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण