वेष्ट ह्यामको आत्मघाती गोलले चेल्सीलाई ३ अंक चिठ्ठा
मङ्गलबार, २२ माघ २०८१, ०४ : ०१
काठमाडौं । इंग्लिश प्रिमियर लिगमा चेल्सी विजयी भएको छ । सोमबार राती भएको खेलमा चेल्सीले वेष्ट ह्याम युनाइटेडलाई २-१ गोल अन्तरले हराएको हो ।
चेल्सीलाई विजयी गराउन पेड्रो नेटोले एक गोल गर्दा एरोन वान विसाकाको आत्मघाती गोल निर्णायक बन्यो । जारोड बोवेनले ४२ औं मिनेटमा दिलाएको अग्रतालाई ६४ औं मिनेटमा नेटोले रोके । दुर्भाग्यवस ७४ औं मिनेटमा विसाकाले आत्मघाती गोल गरिदिएपछि चेल्सीलाई चिठ्ठा परेको हो ।
यो जितसँगै चेल्सी अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । २४ खेलबाट ४३ अंक जोडेको चेल्सीले म्यान्चेस्टर सिटीलाई पछि पारेको छ । म्यान्सिटीको समान खेलबाट ४१ अंक छ । एक खेल कम खेलेको शीर्ष स्थानको लिभरपुलको ५६ अंक छ भने दोस्रो स्थानको आर्सनलको ५० अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण