फिल्म ‘लाज शरणम्’मा कर्णालीको कथा छ : पाँडे
काठमाडौँ । कलाकार अर्जुन घिमिरे (पाँडे)ले फिल्म ‘लाज शरणम्’का लागि ४ वर्ष समय लागेको बताएका छन् । कथा लेखनदेखि अहिले प्रदर्शनसम्म आउँदा ४ वर्षा लागेको उनको धारणा रहेको छ ।
‘लाज शरणम्’ आगामी फागुन १४ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो । घिमिरे फिल्मको निर्माता कलाकार पनि हुन् । रातोपाटीसँगको भेटमा उनले फिल्म कर्णालीका आम नागरिकको कथामा बनेको जानकारी दिए ।
‘कर्णालीमा आम नागरिकले भोगिरहेको कथा र उनीहरूको जीवनसँग खेलबाड गर्ने उपल्लो वर्गको कथा फिल्मले उठाएको छ’, उनले भने, ‘फिल्मले हरेक वर्गका दर्शकलाई समेटेको छ ।’ डार्क कमेडी फर्ममा कथा भनिएको उनले सुनाए ।
‘हँसाउँदा हँसाउँदै पनि गम्भीर कथा भन्न सकिन्छ भनेर हामीले फिल्ममा देखाउन खोजेका छौ’, उनले थपे, ‘लामो समय टेलिचलचित्रमार्फत दर्शकलाई हँसायौँ । अब फिल्ममार्फत हँसाउने प्रयास गर्दैछौँ ।’ सिरियल भन्दा माथिल्लो स्तरको काम गरौँ भन्दै गर्दा फिल्म बनेको उनको भनाइ छ । टेलिचलचित्रमा जस्तै फिल्ममा पनि दर्शकको साथ रहने उनको विश्वास रहेको छ ।
फिल्ममा उनी टेलिसिरियल झैँ पाँडेकै चरित्रमा देखिनेछन् । दर्शकले अहिले आफूलाई यही क्यारेक्टरमा मन पराइरहेकाले यही चरित्र गरेको उनको भनाई छ ।
कुमार कट्टेल (जिग्री)को लेखक तथा निर्देशक रहेको फिल्ममा अर्जुनको अलवा सिताराम कट्टेल (धुर्मुस), मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अपर्ण थापा, रेणू योगी, कमलमणि नेपाल, माला लिम्बू, सागर लम्साल (बले), हरिष निरौला (क्रकोज), प्रियाना आचार्य (मुन्नी)लगायत कलाकारको अभिनय छ ।
जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको फिल्मका नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण