आवासीय चिकित्सकहरूद्वारा इमर्जेन्सीबाहेकका सेवा बहिष्कारको घोषणा
काठमाडौँ । देशभरका आवासीय चिकित्सकहरूले आजदेखि इमर्जेन्सीबाहेकका अन्य सेवा बहिस्कारको घोषणा गरेका छन्। स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिले एक विज्ञप्ति जारी गर्दै आजदेखि देशभरिका मेडिकल कलेज तथा प्रतिष्ठानका मेडिकल अफिसर, इन्टर्न तथा रेजिडेन्ट चिकित्सकहरूले आकस्मिक बाहेकका सम्पूर्ण सेवा बहिस्कार गर्ने घोषणा गरेको हो । त्यसका साथै माइतीघर मण्डलामा सेतो एप्रोन सहित धर्ना कार्यक्रम समेत गर्न लागिएको समिति प्रवक्ता डाक्टर संजय बरालले बताए ।
त्यस्तै देशभरिका मेडिकल कलेज तथा प्रतिष्ठान बाहेकका स्वास्थ्य संस्थामा ब्यानर र प्लेकार्ड सहित प्रदर्शन गर्ने कार्यक्रम समेत रहेको छ ।
समितिले विगत ८ दिनदेखि चिकित्सकहरूको हकहितका लागि विभिन्न संघर्ष गर्दै आएको छ। चिकित्सकहरूको व्यावसायिक श्रीवृद्धिका लागी एवम् शोषण तथा आत्मसम्मानमाथिको गम्भीर प्रहार गरिएको भन्दै समितिमार्फत आन्दोलन गर्दै आएका छन्।
देशैभरका चिकित्सकहरू बिरामीप्रतिको जिम्मेवारीलाई आत्मसात् गर्दै मर्यादित ढंगले आन्दोलित हुँदा पनि नेपाल सरकार र चिकित्सा शिक्षा आयोगले माग पूरा गर्न कुनै तदारुकता नदेखाएको उनीहरूको आरोप छ। त्यसैले आन्दोलनलाई थप सशक्त बनाइएको प्रवक्ता बरालले बताए।
देशैभरका आवासीय चिकित्सक, मेडिकल अफिसर तथा इन्टर्न चिकित्सकहरूलाई आकस्मिक सेवा बाहेक अन्य सेवा एवं पठनपाठन स्थगित गरी माइतीघर केन्द्रित आन्दोलनमा उपस्थित हुन समेत अनुरोध गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण