संसद्को आगामी बैठकमा प्रमुख प्रतिपक्ष दल माओवादी सशक्त ढङ्गले प्रस्तुत हुने
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी संसद्मा प्रभावकारी ढङ्गले प्रस्तुत हुने भएको छ । झन्डै पाँच महिनापछि माघ १८ गतेदेखि संसद्को हिउँदे अधिवेशन सुरु भएको थियो ।
बैठकको पहिलो दिन प्रधानमन्त्री केपी ओलीले सम्बोधन गरेपछि प्रमुख प्रतिपक्ष दलको हैसियतले प्रचण्डले सम्बोधन गर्ने तयारी गरेका थिए । तर सभामुख देवराज घिमिरेले दलीय आधारमा सत्ता घटक मुख्य दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बोल्ने समय दिएका थिए ।
घिमिरेले प्रचण्डलाई २० मिनेटको समय तोकेपछि असन्तुष्टि जनाउँदै उनले प्रमुख सचेतक हितराज पाण्डेलाई पठाएका छन् । बिहीबार बस्ने बैठकमा प्रचण्डले विशेष समय लिएर सम्बोधन गर्ने सांसद माधव सापकोटाले जानकारी दिए । उनले बैठकको सुरुको दिन भएकाले आफूहरूले संयम अपनाएको जिकिर गरे ।
‘संसद्को पहिलो दिन हामीले संयम अपनाएर सशक्त प्रतिरोध नगरेको हो । बिहीबारको बैठकमा हाम्रो संसदीय दलका नेता प्रचण्डले सदनमा सम्बोधन गर्नुहुन्छ । त्यसपछि प्रतिपक्ष दलको हैसियतले सरकारका गलत कामको विरोधमा सशक्त र प्रभावकारी ढङ्गले प्रस्तुत हुन्छौं । यी बाहेक विपक्षी दलहरूसँग मिलेर प्रभावकारी उपस्थित देखाउनेछौँ’, उनले भने ।
पहिलो दिन दलीय आधारमा सबै दलका नेताहरूले आ–आफ्ना धारणा राखेका थिए । ओली सरकारको ६ महिना पूर्णतः असफल भएको विपक्षी दलहरूको निष्कर्ष रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
-
आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
-
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्का घटना, दुई जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण