प्रदर्शनकारीले बङ्गलादेशमा जलाए शेख हसीनाको पिताको घर
ढाका । बङ्गलादेशमा फेरि हिंसा भड्किन थालेको छ । पूर्व प्रधानमन्त्री शेश हसीनाका विरोधीहरूले बुधबार राति ढाकामा रहेको उनको पिता शेख मुजीबुर्रहमानको घर धानमन्डीमा आगो लगाएका छन् । यस घटनामा घर जलेर ध्वस्त भएको छ ।
प्रदर्शनकारीहरूले बुधबार राति र बिहिबार बिहान देशभरमा हसिनाको पार्टी आगामी लिगका नेताहरूको घरमा तोडफोड गरेका थिए । अनि शेख मुजीबुर्रहमानको भित्ते चित्रहरू पनि बिगारिदिएका थिए । हिंसा भारतमा शरण लिएर बस्दै आएकी हसिनाको एक अनलाइन कार्यक्रमभन्दा ठिक अघि सुरु भएको हो ।
फेसबुकमा राति नौ बजे हसिनाको सम्बोधन थियो । कार्यक्रम हुन थालेको सुइको पाउने बित्तिकै प्रदर्शनकारीहरूले ‘बुलडोजर प्रदर्शन’ आह्वान गरे । बङ्गलादेशको प्रमुख पत्रिका द डेली स्टारमा छापिएको समाचार अनुसार सामाजिक सञ्जालमा भाइरल पोष्टका अनुसार यो प्रदर्शन हसीनाको बङ्गलादेश विरोधी गतिविधिका कारण गरिएको थियो ।
हसीनाले भारतमा बसेर बङ्गलादेश विरोधी गतिविधि चलाइरहेको उनीहरूको भनाइ थियो । गएको वर्ष सरकारी कोटामा आरक्षणको विषयमा भएको विद्यार्थी आन्दोलनले हिंस्रक रुप लिएपछि हसीना देश छाडेर अगस्ट ५ मा भारत आएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण