पाथीभरा केबुलकारको विषय जोडेर ग्लोबल आईएमई बैंकमाथि प्रहार हुनु गलत : राष्ट्र बैंक
काठमाडौँ । नेपाल राष्ट्र बैंकले पाथीभरा केबुलकारको विषयलाई लिएर ग्लोबल आईएमई बैंकमाथि प्रहार हुनु गलत भएको जनाएको छ । बिहीबार सामाजिक सञ्जालमार्फत नेपाल राष्ट्र बैंक बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु पौडेलले व्यक्तिगत विषयमा राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त बैंकलाई जोड्नु गलत भएको बताएका हुन् ।
‘पाथीभरा केबलकार निर्माणको विषयलाई लिएर नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त ‘क’ वर्गको वाणिज्य बैंक, ग्लोबल आईएमई बैंकमाथि गरिएको प्रहार गलत हो, कसैको उक्साहटमा त्यस्ता उच्छृङ्खल गतिविधिमा संलग्न नहुँदा राम्रो’, उनले लेखेका छन् ।
अहिले पाथीभरा केबुलकारको विरोधमा रहेको समूहले सामाजिक सञ्जालमार्फत ग्लोबल आईएमई बैंकको खाता बन्द गर्ने, पैसा झिक्न भन्दै अभियान चलाइरहेका छन् । ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालको लगानी भएको भन्ने आधारमा बैंकमाथि नै सामाजिक सञ्जालमार्फत अभियान चलाइएको सन्दर्भमा राष्ट्र बैंकबाट यस्तो प्रतिक्रिया आएको हो ।
ग्लोबल आईएमई बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले पनि बैंकप्रति सामाजिक सञ्जालमा भएको आक्रमण गलत भएको बताउँछन् । ग्लोबल आईएमई बैंक देशकै उत्कृष्ट बैंकमध्ये रहेको भन्दै बैंकप्रति विभिन्न नाममा फैलाइएका अफवाह गलत भएको उनको भनाइ छ ।
पुस मसान्तको वित्तीय विवरण अनुसार ग्लोबल आईएमई बैंक तीन अर्ब पाँच करोड नाफासहित दोस्रो सर्वाधिक नाफा कमाउने बैंकको रुपमा रहेको छ । बैंकको नाफा यो अवधिमा झन्डै ४९.५१ प्रतिशतले बढेको छ भने अन्य सबैजसो सूचक सामान्य अवस्थामा देखिन्छ । बैंकको निष्क्रिय कर्जा अनुपात ५ प्रतिशत भन्दा कम छ भने पुँजीकाेष अनुपात समेत तोकिएको न्यूनतम सीमाभन्दा माथि नै रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण