‘दुःखी आत्मा’बारे दयाहाङ : ‘यौन स्वास्थ्यको कथा भन्न जरुरी छ’
काठमाडौँ । फिल्म ‘दुखी आत्मा’ फागुनको २ गतेबाट रिलिजमा आउँदैछ । उक्त फिल्मको टिजर, ट्रेलर र ब्रेकअप कविताले कतिपयको ध्यान खिचेको छ ।
कतिपयले अभिनेता दयाहाङ राईलाई यस्तो कथामा फिल्म किन गरेको पनि भने । कतिपयले दयाले बल्ल फरक कथामा फिल्म खेलेछन् पनि भनेका छन् । फिल्मको प्रचार सामाग्रीबाट फिल्म यौन शिक्षामा बनेको अनुमान गर्न सकिन्छ ।
अभिनेता दयाहाङ पनि यौन शिक्षाको विषयमा ‘दुखी आत्मा’ बनेको बताउँछन् । ‘अहिले मानसिक स्वास्थ्यको विषयमा बल्ल बल्ल खुल्न थालेको छन्’, उनले भने ‘यौन त हाम्रो निजी कुरा हो । यो कुरालाई हामीले गोप्य राख्छौँ । तर, यो चासोको विषय भने हो । भारतमा पनि ४० वर्ष अगाडि मात्र फिल्ममा कथा भन्न थालिएको हो । यो विषयमा मानिसहरूलाई जानकारी हुनुपर्छ भन्ने मलाई लाग्छ ।’ उनले यौन शिक्षाकै लागि आफूले ‘दुखी आत्मा’ अभिनय गरेको खुलाए ।
उनले फिल्ममा काम गर्दै गर्दा यो चिजले अप्ठ्यारो पार्ला, गाह्रो पार्ला भन्ने आफ्नो दिमागमा नभएको पनि बताएका छन् । ‘साथीहरूले यस्तो फिल्म किन खेलेको भन्नुहुन्छ । खेल्दा कस्तो लाग्यो पनि भन्नुहुन्छ । तर, मलाई त कस्तो पनि लागेन’, उनले थपे ‘एउटा कलाकारले यो चिज गर्नुहुन्छ या गर्नुहुँदैन भन्ने व्यक्तिगत सोच हो । मेरो फिल्म पहिले स–परिवार हेर्न जानुहुन्थ्यो । यस पटक अलग–अलग भएर जानुपर्छ । यसो गर्दा सहज हुन्छ पनि ।’ दयाले एउटा सुन्दर समाज हुनका लागि स्वास्थ्य समाज हुनुपर्ने तर्क गरे ।
‘यसैले, मलाई यो कथा पनि भन्नुपर्छ भन्ने लागेर खेलेको हो । फिल्मको टिजर आउँदा मेरो केही असहमति थियो । किनकि, यो फिल्मले जे विषयवस्तु उठान गरेको छ त्यो टिजरमा देखाइएको कुरा मात्र होइन । त्यहाँ पुरा पुरा संवाद राखिएको छ । तर, यसको कथावस्तु भन्नुपर्ने विषय हो’ दयाहाङले भने ।
अहिले फिल्मको विषयवस्तुलाई लिएर प्रश्न आउँदा भने काम गर्नु अगाडि विभिन्न कोणबाट सोच्नुपर्ने रहेछ भन्ने लागेको उनले बताए ।
दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको फिल्म ‘दुखी आत्मा’मा दयाहाङको अलवा आँचल शर्मा, अनुप विक्रम शाही, वुद्दि तामाङ लगायतका कलाकारहरुको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण