आमिरले राखेको कार्यक्रममा शाहरुख र सलमान पुग्दो जे देखियो
नयाँ दिल्ली । बुधबार साँझ बलिउड अभिनेता आमिर खानका छोरा जुनैदको फिल्म लभयापाको विशेष स्क्रिनिङ थियो । यस कार्यक्रममा बलिउडका अन्य दुई खान शाहरुख र सलमान खान पनि पुगेका थिए ।
शाहरुखले आमिरलाई चुम्बन गर्दा सलमानले भने उनलाई अँगालो हालेको भिडियो देखिएको छ । शाहरुख–सलमानले आमिर र उनका छोरा जुनैदसँग तस्बिर पनि खिचाएका थिए । फिल्मको स्क्रिनिङमा अभिनेत्री जूही चावला, गायक/र्यापर हनी सिंह, अर्जुन कपूर र जान्हवी कपूर जस्ता सेलिब्रेटीहरू पनि देखिएका थिए ।
आमिर खानको परिवारले मुम्बईको बान्द्रामा फिल्म लभयापाको स्क्रिनिङको आयोजना गरेको थियो । बुधबार साँझ जुहुमा फिल्मको दोस्रो विशेष स्क्रिनिङ भयो । यस कार्यक्रममा फिल्मकी मुख्य अभिनेत्री खुसी कपूर उनको परिवार र नजिकका साथीहरू साथमा उपस्थित भएकी थिइन् ।
- फेब्रुअरी ७ मा रिलिज हुँदैछ लभयापा
जुनैद खान र खुसी कपूरको शीर्ष भूमिका रहेको लभयापा फेब्रुअरी ७ मा सिनेमाघरमा रिलिज हुँदैछ । थिएटर रिलिज हुन लागेको यो जुनैद र खुसी कपूर दुबैको पहिलो फिल्म हो । यसअघि जुनैद नेटफ्लिक्समा प्रसारित भएको फिल्म महाराजमा देखिएका थिए । खुशीले जोया अख्तरको फिल्म ‘द आर्चीज’ मार्फत अभिनयमा डेब्यू गरेकी थिइन् । यो फिल्म पनि नेटफ्लिक्समै रिलिज भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण