राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । घुस रिसवत लेनदेन गरी भ्रष्टाचार गरेको सम्बन्धी कसुरमा बिहीबार अख्तियारले पौडेल र भारतीय नागरिक दिपक आनन्दविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।
राष्ट्रिय सूचना प्रविधि केन्द्रद्वारा आव २०७४/७५ मा आह्वान गरिएको बोलपत्रको खरिदमा पौडेलसमेतले भ्रष्टाचार गरेको भन्ने उजुरी परेपपछि यस सम्बन्धमा अख्तयारले अनुसन्धान गरेको थियो । पौडेल र नेपालका लागि एफ ५ कम्पनीका प्रतिनिधि भारतीय नागरिक दिपक आनन्दको आपसी मिलोमतोमा केन्द्रलाई आवश्यक सामग्री खरिद घुस लेनदेन भएको पाइएको अख्तियारको भनाइ छ ।
जसअनुसार पौडेलले तीन करोड आठ लाख पचास हजार चार सय रुपैयाँ घुस लिएको भन्दै अख्तियारले दुवै विरुद्ध तीन करोड आठ लाख पचास हजार चार सय रुपैयाँ बिगो र कैद जरिवाना सजाय माग गरेर मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । अख्तिायरले घुस रिसवत जफत-असुल उपर हुन मागदाबी समेत लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण