नेसपा (नयाँ शक्ति)को उपाध्यक्षमा उम्मेदवारी दिने घलेको घोषणा
काठमाडौँ । युवा व्यवसायी रामबहादुर घलेले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को आसन्न महाधिवेशनमा समावेशी उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।
यही माघ २७, २८ र २९ गते काठमाडौँको प्रज्ञा भवनमा हुने महाधिवेशनमा आदिवासी जनजाति कलष्टरको प्रतिनिधित्व गर्दै उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
उम्मेदवारी घोषणा गर्दै उनले भावि योजना पनि सार्वजनिक गरेका छन् । घलेका योजनामा गाउँ, नगर, र प्रदेशस्तरमा पार्टीको संरचना विस्तार गर्ने, सक्षम, अनुभवी र शिक्षित युवा, महिला, दलित, जनजाति, र पिछडिएका वर्गलाई पार्टीको मुख्य धारामा सक्रिय रूपमा समेट्ने, युवाका लागि स्टार्टअप, रोजगारी, र नेतृत्व विकासका कार्यक्रम सुरु गर्ने लगायत रहेका छन् ।
विगत तीन दशकदेखि पर्यटन र आईटी लगायतका क्षेत्रमा व्यवसाय गर्दै आएका घलेले उम्मेदवारी घोषणा गर्दै भनेका छन्– 'विज्ञान र प्रविधि नै वैकल्पिक बाटोमा मोडिसक्यो, आजको ए आई युगमा राजनीतिमा पनि वैकल्पिक शक्तिको उदय आजको आवश्यकता हो। मलाई विश्वास छ, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले नेपालको राजनीतिमा नयाँ विकल्पको रूपमा आफ्नो भूमिका स्थापित गरेरै छोडनेछ। '
उनले पार्टीको प्रतिबद्धता ५ स अनुसार अघि बढ्ने र यसलाई कार्यान्वयन गर्ने जिम्मेवारी पूर्ण ईमान्दारी र समर्पणका साथ निर्वाह गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण