एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा शनिबारदेखि ‘फ्लड लाइड’ जडान
काठमाडौँ । रुपन्देहीमा निर्माणधीन एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फ्लड लाइट जडानको काम शनिबारदेखि सुरु हुने भएको छ । यो नेपालमै पहिलो पटक निजी क्षेत्रबाट निर्माण गर्न लागिएको पहिलो क्रिकेट स्टेडियम हो ।
यो क्रिकेट स्टेडियम रुपन्देहीको तिलोत्तमा निर्माण हुँदैछ । एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियमका प्रबन्धक निर्देशक विनोद कुँवरले शुक्रवार बुटवलमा पत्रकार सम्मेलन गरी शनिबारदेखि स्टेडियममा फ्लड लाइट जडानको काम सुरु हुने जानकारी दिए ।

‘स्टेडियममा फ्लड लाइट जडानको काम हुँदैछ । यो नेपाली क्रिकेटका लागि महत्वपूर्ण उपलब्धि हुनेछ । अबको एक महिनाभित्र फ्लड लाइट जडानको काम सकिने छ । त्यसपछि यो स्टेडियममा दिवा–रात्री खेल पनि खेलाउन सकिने छ,’ कुँवरले भने ।
फ्लड लाइट जडान गर्न करिब सात करोड रुपैयाँ खर्च हुने बताइएको छ । स्टेडियममा पाँचवटा फ्लड लाइट जडान गर्न लागिएको उनले बताए । एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियमको शिलान्यास २०८० साल जेठ २९ गते भएको थियो ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण