वरिष्ठ अधिवक्ता त्रिपाठीलाई आक्रमण गर्ने ३ जनालाई धरौटीमा छाड्न आदेश
काठमाडौँ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई आक्रमण गर्ने ३ जनालाई अदालतले धरौटीमा रिहा गर्न आदेश गरेको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश गायत्रीप्रसाद रेग्मीले आक्रमणकारीहरूलाई प्रतिव्यक्ति १ लाखमा रिहा गर्न आदेश गरेका हुन् ।
ज्यान मार्ने उद्योग मुद्दाका प्रतिवादीहरू दोलखा घर भएका ललितकुमार केसी र झापा घर भएकी ५५ वर्षीय सितल राई भनिने सीतादेवी राई धरौटी बुझाएर छुटेका छन् । अर्का प्रतिवादी हुम्लाको अदानचुली गाउँपालिका–४ घर भएका ३२ वर्षीय महानन्द जैसी कारागार चलान भएका छन् । धरौटी बुझाउन नसकेपछि उनलाई केन्द्रीय कारागारको थुनामा पठाइएको प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेलले रातोपाटीलाई बताए ।
माघ २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिको विरुद्धमा बहस गरेको भन्दै उनीहरुले त्रिपाठीलाई बबरमहलस्थित अदालत बाहिर आक्रमण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण