तातोपानी गाउँपालिकाद्वारा १७ विधेयक पारित
जुम्ला । यहाँको तातोपानी गाउँपालिकाले १६ औँ हिउँदे गाउँसभाबाट १७ वटा विधेयक पारित गरेको छ । आज भएको हिउँदे गाउँसभाले कार्यालयको काम, कारबाहीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन १७ वटा ऐन, नियमावली, कार्यविधि र मापदण्ड निर्माण गरी पारित गरेको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले जानकारी दिए ।
पारित भएका विधेयकमध्ये घर बिमासम्बन्धी कार्यविधि (२०८१), एकल पुरुष भत्ता वितरणसम्बन्धी कार्यविधि (२०८१), लोकसेवा आयोगको निःशुल्क कक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि (२०८१), अटोरिक्सासम्बन्धी सञ्चालन तथा व्यवस्थापन ऐन (२०८१), तातोपानी गाउँपालिका व्यावसायिक पक्षी फर्म तथा ह्याचरी सञ्चालनसम्बन्धी कार्यविधि (२०८१), तातोपानी गाउँपालिकाको विपन्न नागरिक स्वास्थ्य बिमा कार्यक्रमसम्बन्धी कार्यविधि (२०८१) लगायत पारित भएको छ ।
गाउँपालिकाले चालु आर्थिक वर्षको गाउँसभामार्फत अर्धवार्षिक वित्तिय तथा भौतिक प्रगतिसमेत सार्वजनिक गरेको छ । जसमा पुँजीगत खर्चतर्फ कूल बजेटको १५ दशमलव २४ प्रतिशत खर्च भएको छ । कूल चालु बजेटको ३३ दशमलव १६ प्रतिशत खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषणदेखि नेकपामा चुलियो असन्तुष्टिसम्म
-
मध्यराति सुदूरपश्चिम सरकारको बजेट, प्रतिपक्षद्वारा संसद् बहिस्कार
-
मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषण
-
विश्वकपमा नवप्रवेशी केप भेर्डेले स्पेनलाई रोक्यो, गोलरहित बराबरी
-
पूर्वस्वास्थ्य अतिरिक्त सचिव डा. संगीता मिश्रसहित ८ जनालाई सफाइ
-
बगरलाई बगैँचा बनाउने अभियानमा जुट्दै युवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण