अपडेट
पूर्वस्वास्थ्य अतिरिक्त सचिव डा. संगीता मिश्रसहित ८ जनालाई सफाइ
सोमबार, ०१ असार २०८३, २३ : २१
सारांश
- म्यामोग्राफी मेसिन खरिद भ्रष्टाचार मुद्दामा पूर्वस्वास्थ्य अतिरिक्त सचिव डा. संगीता मिश्रसहित ८ जनालाई विशेष अदालतले सफाइ दिएको छ ।
- स्वास्थ्य सेवा विभागको महानिर्देशक रहँदा खरिद प्रक्रियामा भ्रष्टाचार भएको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो ।
- अदालतले उनीहरूको प्रत्यक्ष संलग्नता नदेखिएको भन्दै सफाइ दिने निर्णय गरेको हो ।
काठमाडौँ । म्यामोग्राफी मेसिन खरिदमा भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले सोमबार फैसला सुनाउँदै पूर्वस्वास्थ्य अतिरिक्त सचिव डा. संगीता मिश्रसहित ८ जनालाई सफाइ दिएको छ ।
डा. मिश्र स्वास्थ्य सेवा विभागको महानिर्देशक रहँदा उक्त खरिद प्रक्रियामा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । तर, अदालतले यस प्रकरणमा उनीहरूको प्रत्यक्ष संलग्नता नदेखिएको भन्दै सफाइ दिने निर्णय गरेको हो ।
डा. मिश्रासहित विवेक कुमार लाल, भुवन प्रसाद काफ्ले, दिपक अधिकारी, यादव प्रसाद देवकोटा, शम्भु प्रसाद ढकाल, सीता घिमिरे र तिलकराम ढकालले सफाइ पाएका छन् । उनीहरूको प्रत्यक्ष संलग्नता नभएको भन्दै विशेष अदालतले सफाइ दिएका हो ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यरातको बजेट भाषण: सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
-
स्रोतको दबाबले बजेटमा खुल्न सकेनन् प्रदेश, चालु खर्च घटाएर विकासमैत्री बन्ने प्रयास
-
१२ बजे १२ समाचार: मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषणदेखि नेकपामा चुलियो असन्तुष्टिसम्म
-
मध्यराति सुदूरपश्चिम सरकारको बजेट, प्रतिपक्षद्वारा संसद् बहिस्कार
-
मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषण
-
विश्वकपमा नवप्रवेशी केप भेर्डेले स्पेनलाई रोक्यो, गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण