मध्यरात ११ः३० बजे सुदूरपश्चिमको बजेट सार्वजनिक हुँदै
सारांश
- सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आज मध्यरात ११ः३० बजे प्रदेश सभामा प्रस्तुत हुनेछ ।
- सत्ता साझेदार नेकपा एमालेसँग सहमति जुटेपछि बजेट सार्वजनिक हुने भएको छ ।
- यस पटक सरकारले अहिलेसम्मकै ठुलो बजेट ल्याउने तयारी गरेको छ ।
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आज मध्यरात ११ः३० बजे प्रदेश सभामा प्रस्तुत हुने भएको छ । सत्ता साझेदार नेकपा एमालेसँगको सहमति जुटेसँगै बजेट सार्वजनिक हुने भएको हो ।
प्रदेश सभा सचिवालयले राति ११ः३० बजे बैठक बस्ने गरी औपचारिक सूचना जारी गरिसकेको छ । बैठकका लागि केही मन्त्री तथा सांसदहरू प्रदेश प्रदेश सभा बाहिर पुगिसकेका छन् भने मुख्यमन्त्री कमल बहादुर शाह लगायत अन्य मन्त्रीहरू भने बजेट प्रस्तुतिका लागि प्रदेश सभा पुग्दैछन् ।
बजेटको सिलिङ र योजना छनोटमा कुरा नमिल्दा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले कडा अडान राखेका थिए । एमालेले सिफारिस गरेका योजना र सांसदहरूका माग सम्बोधन गर्न मुख्यमन्त्री शाह सकारात्मक भएपछि सहमति जुटेको हो । यसअघि साँझ ५ बजेका लागि तय गरिएको बजेट भाषण दलहरूबिचको विवादले गर्दा अन्योलमा परेको थियो ।
मन्त्रिपरिषद् बैठकले बजेट पारित गरेसँगै अब आर्थिक मामिला मन्त्रीले प्रदेश सभामा बजेट पेस हुँदैछ । सरकारले यस पटक अहिलेसम्मकै ठुलो बजेट ल्याउने तयारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषणदेखि नेकपामा चुलियो असन्तुष्टिसम्म
-
मध्यराति सुदूरपश्चिम सरकारको बजेट, प्रतिपक्षद्वारा संसद् बहिस्कार
-
मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषण
-
विश्वकपमा नवप्रवेशी केप भेर्डेले स्पेनलाई रोक्यो, गोलरहित बराबरी
-
पूर्वस्वास्थ्य अतिरिक्त सचिव डा. संगीता मिश्रसहित ८ जनालाई सफाइ
-
बगरलाई बगैँचा बनाउने अभियानमा जुट्दै युवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण