मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषणदेखि नेकपामा चुलियो असन्तुष्टिसम्म

मङ्गलबार, ०२ असार २०८३, ०० : ०२
मङ्गलबार, ०२ असार २०८३

सारांश

  • नेकपामा नेतृत्वको कार्यशैली, वैचारिक, सैद्धान्तिक र कार्य विभाजनलाई लिएर असन्तुष्टि चुलिएको छ ।
  • नक्कली शैक्षिक प्रमाणपत्रको आशङ्कामा ११४ जनाको शैक्षिक प्रमाणपत्रमाथि एक साथ छानबिन भइरहेको छ ।
  • आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारहरूले असार १ गते बजेट सार्वजनिक गरेका छन् ।

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–

१. नेकपामा चुलियो असन्तुष्टि

संसदको दोस्रो ठुलो वामपन्थी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा आन्तरिक विवाद चर्किएको छ । साबिक नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत २५ घटक मिलेर बनेको नेकपामा नेतृत्वको कार्यशैली, वैचारिक, सैद्धान्तिक र कार्य विभाजनलाई लिएर असन्तुष्टि चुलिएको हो ।

२. ११४ जनाको शैक्षिक प्रमाणपत्रमाथि एक साथ छानबिन

११४ जनाको शैक्षिक प्रमाणपत्रमाथि एक साथ छानबिन भइरहेको छ । नक्कली शैक्षिक प्रमाणपत्रको आशङ्कामा छानबिन अघि बढेको हो । यस विषयमा रातोपाटीले विशेष सामग्री तयार पारेको छ ।

३. पीपीएमा सरकारको नीतिगत कडाइ

वर्तमान सरकारले ऊर्जा क्षेत्रमा सुधारको लागि भन्दै पीपीए (विद्युत् खरिद–बिक्री सम्झौता) नीतिमा थप कडाइको नीति लिएको जनाएको छ । आगामी आर्थिक वर्षको बजेटबाटै पीपीए नीतिमा कडाइ गर्ने सरकारले सङ्केत गरेको हो । तर बजेटमा १० मेगावाटसम्मका आयोजनाको पीपीए टेक एन्ड पेका आधारमा तत्काल गर्ने घोषणा गरे पनि सरकार ठुला र प्राधिकरणका यसअघिका ५ हजार मेगावाट आयोजनाका विषयमा मौन बसेको छ । 

४. अर्थतन्त्रको ‘गेमचेन्जर’ बन्ला चतुर्भुज परियोजना ?

संघीय सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत घोषणा गरेको चतुर्भुज परियोजनालाई अर्थतन्त्रको ‘गेमचेन्जर’ योजना मानिएको छ । यद्यपि यसको कार्यान्वयन पक्षमा विभिन्न आशङ्का नभएका होइनन् । यसबारे रातोपाटीले विशेष सामग्री तयार पारेको छ । 

५. सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सांसद ओलीले सामाजिक सञ्जालमा आफ्नो चरित्र हत्या भएको भन्दै साइबर ब्यूरोमा उजुरी दिएकी थिइन् । त्यसपछि अनुसन्धानमा जुटेको ब्यूरोले सोमबार एक जनालाई पक्राउ गरेको हो ।

६. प्रदेश सरकारहरूले ल्याए बजेट

आगामी आर्थिक वर्ष (२०८३/०८४)का लागि प्रदेश सरकारहरूले बजेट सार्वजनिक गरेका छन् । प्रदेश सरकारहरूले असार १ गते आगामी आर्थिक वर्षको बजेट पेस गर्ने व्यवस्था छ । सोही अनुसार प्रदेश सरकारहरूले बजेट सार्वजनिक गरेका हुन् ।

७. कांग्रेसका यी राष्ट्रिय सभा सदस्य जसले क्रियाशील सदस्यता अद्यावधिक गराएनन्

नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न तोकेको समयसीमा भित्र सोही पार्टीका केही संघीय सांसदले आफ्नो सदस्यता अद्यावधिक नगराएको पाइएको छ । कांग्रेसबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने ६ सांसदले क्रियाशील सदस्यता अद्यावधिक नगराएका हुन् ।

८. प्रधानमन्त्री बालेन भन्दा एक कदम अगाडि मन्त्री स्वर्णिम र सुनिल !

‘दुई वर्षमा बन्ने बाटो २० वर्षमा पनि बन्दैन, डेढ वर्षमा बन्नुपर्ने हाम्रो एजेन्डा हो’, हालका प्रधानमन्त्री बालेन शाहले गत फागुनमा धनगढी पुगेर भनेका थिए, ‘रुखमा बाँधेर हुन्छ कि, बाटोमा सुताएर हुन्छ कि, खोरमा जाकेर हुन्छ कि बाटो बन्नु पर्छ ।’

 ९. सिजनको मुखमै बन्द भए नेपाली चिया उद्योग

नेपाली चिया निर्यातमा छिमेकी मुलुक भारतले सिर्जना गरेको नीतिगत र व्यावहारिक अवरोधका कारण चिया उद्योगहरू बन्द हुन थालेका छन् । चियाको मुख्य सिजनकै मुखमा पूर्वी पहाडी जिल्ला इलामलगायत क्षेत्रमा रहेका चिया उद्योगहरू बाध्यात्मक रूपमा बन्द भएका छन् ।

१०. स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्तिमा ढिलाइ

चिकित्सा शिक्षासम्बन्धी शैक्षिक कार्यक्रम र उपचार सेवामा महत्त्वपूर्ण भूमिका खेल्दै आएका देशभरका स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपति नियुक्ति प्रक्रियामा ढिलाइ भएको छ । 

११. मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषण

सुदूरपश्चिम प्रदेशको बजेट भाषण सुरु भएको छ । प्रदेशका आर्थिक मामिलामन्त्री विक्रम सिंह धामीले सोमबार पौने १२ बजे बजेट भाषण सुरु गरेका हुन् ।

१२. विश्वकप

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप