दिल्ली विधानसभा मतगणना : भाजपाले कम्ब्याक गर्ने संकेत
नयाँ दिल्ली । दिल्ली विधानसभा चुनावको मतगणना जारी छ। सुरुवाती रुझानमा भाजपा ४८ सिटमा अगाडि छ भने सत्तारुढ आम आदमी पार्टी (आप) २१ सिटमा अगाडि छ।
कांग्रेस मात्र १ सिटमा अगाडि छ। यसको अर्थ भाजपाले बहुमतको आँकडा पार गरेको छ। दिल्लीमा बहुमतका लागि ३६ सिट आवश्यक पर्छ ।
आम आदमी पार्टी (आप) का अरविन्द केजरीवाल नयाँ दिल्ली सिटमा पछाडि परेका छन् भने मुख्यमन्त्री आतिशी पनि कालकाजी सिटमा पछाडि छिन्। जंगपुराबाट मनीष सिसोदिया र पटपडगंजबाट अवध ओझाले अग्रता बनाएका छन्। पहिले उनीहरू पनि पछि परेका थिए।
फेब्रुअरी ५ मा दिल्लीका ७० सिटका लागि मतदान भएको थियो । जसमा ६०.५४% मतदान भएको निर्वाचन आयोगले जानकारी दिएको थियो।
दिउँसो १२ बजेसम्म दिल्लीमा कसको सरकार बन्छ भन्ने कुरा स्पष्ट हुनेछ।
मतगणनाको केही समय अगाडि दिल्लीका मुख्यमन्त्री तथा कालकाजीबाट आप उम्मेदवार आतिशीले भनेकी थिइन्, ‘यो सामान्य चुनाव होइन, यो असल र खराब बीचको लडाइँ हो। दिल्लीका जनता आप र केजरीवालको साथमा उभिएका छन्। केजरीवाल चौथो पटक मुख्यमन्त्री बन्नेछन्।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण