‘नेपालले परराष्ट्र नीति परिमार्जन गर्नुपर्छ’
महेन्द्रनगर । परराष्ट्र मामिलाका जानकारहरुले नेपालको परराष्ट्र नीतिमा सन्तुलनको आवश्यकता औँल्याएका छन् । जनकपुर साहित्य महोत्सवमा ‘नेपालको परराष्ट्र नीति र सीमाञ्चल’ शीर्षकमा भएको छलफलका वक्ताहरूले नेपालको परराष्ट्र नीति, सीमाञ्चलको अवस्था र समसामयिक चुनौतीहरूबारे आफ्ना धारणा राखेका थिए ।
छलफलमा सहभागी पत्रकार सुधीर शर्माले भने, ‘नेपालको परराष्ट्र नीतिको ऐतिहासिक पृष्ठभूमि र वर्तमान परिप्रेक्ष्यबारे चर्चा गर्दै इतिहासमा नेपालले परराष्ट्र सम्बन्धमा धेरै उतारचढाव देखेको छ ।’ उनले नेपाल–भारत र नेपाल–चीन सम्बन्धका ऐतिहासिक घटनालाई स्मरण गर्दै नेपालले परराष्ट्र नीतिमा गर्नुपर्ने परिमार्जनबारे सुझाव दिए । उनले विगतका अनुभवबाट सिकेर भविष्यका लागि रणनीति बनाउनुपर्ने धारणा राखे ।
परराष्ट्रविद् इन्द्र अधिकारीले नेपालको परराष्ट्र नीतिमा सन्तुलनको आवश्यकता औँल्याए । नेपालले छिमेकी राष्ट्रहरू भारत र चीनसँग सन्तुलित सम्बन्ध कायम राख्नुपर्ने बताउँदै उनले नेपालले असंलग्न परराष्ट्र नीतिलाई आत्मसात् गर्दै अन्तर्राष्ट्रिय सम्बन्धमा आफ्नो स्वतन्त्र पहिचान स्थापित गर्नुपर्नेमा जोड दिए ।
पत्रकार तथा विश्लेषक तुलानारायण साहले सीमाञ्चलको समृद्धिका लागि प्रभावकारी परराष्ट्र नीति आवश्यक रहेको बताए । सीमावर्ती क्षेत्रका समस्याहरू, जस्तै अवैध व्यापार, मानव तस्करी र सीमाङ्कन विवादबारे चर्चा गर्दै यी समस्याहरू समाधान गर्न नेपालले छिमेकी राष्ट्रहरूसँग सहकार्य गर्नुपर्ने उनको सुझाव छ । उक्त सत्रका सहजीकरण अनिल गिरीले गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण