आगलागीपछि खानेपानी मन्त्रीले बनाए अस्थायी कार्यकक्ष
आइतबार, २७ माघ २०८१, १४ : १८
काठमाडौँ। खानेपानी मन्त्री प्रदीप यादवले आफ्नो नयाँ कार्यकक्ष बनाएर कामकाज सुरु गरेका छन् ।
सिंहदरवारस्थित मन्त्रालयको चौथो तलामा रहेको मन्त्रीको कार्यकक्षमा शनिवार आगलागी हुँदा क्षति भएको थियो ।
आज सोही भवनको तेस्रो तलाको कोठा नम्बर ४०७ मा आफ्नो अस्थायी कार्यकक्ष बनाएर कामकाज सुरु गरिएको हो ।
शनिवार भएको दुःखदायी घटनापछि देश र जनतालाई दैनिक सेवा प्रवाह गर्नका लागि आजदेखि मन्त्रालयको तेस्रो तलाको कोठा नम्बर ४०७ बाट नयाँ कार्यकक्ष अ–स्थायी रूपमा स्थापना गरी नियमित सेवा कार्य प्रारम्भ गरेको मन्त्री यादवले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमाचल प्रदेशमा पहिरोले कार पुरिँदा ६ महिनाका बालकसहित १३ जनाको मृत्यु, २ घाइते
-
महाराजगन्ज दुर्घटना अपडेट: ठक्कर दिने माइक्रो चालकको मृत्यु, ६ जना घाइते (विवरणसहित)
-
अनलाइन ठगीमा संलग्न ३ भारतीयसहित ४ जना पक्राउ
-
इरानलाई हतियार बिक्री नगर्न रुस र चीनलाई अमेरिकी राष्ट्रपतिको चेतावनी
-
रौतहटमा खुकुरी प्रहार गरेर महिलाको हत्या, ढुङ्गा हानेर आरोपी पक्राउ
-
युरोप डढेलोको चपेटामाः स्पेन र फ्रान्समा हजारौँ मानिसलाई सुरक्षित स्थानमा जान आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण