पाथीभरा आन्दोलनरतपक्ष र गृहमन्त्रीबिच सोमबार छलफल हुन्छ : भट्टराई
काठमाडौँ । एमाले सचिव योगेश भट्टराईले ताप्लेजुङमा निर्माणाधीन पाथीभरा केबलकारको विरोधमा आन्दोलनरत पक्षका प्रतिनिधि र गृहमन्त्री रमेश लेखकबिच सोमबार वार्ता हुने बताएका छन् । ताप्लेजुङका प्रतिनिधिसभा सदस्य समेत रहेका भट्टराईले आन्दोलनरत पक्षसँग आइतबार आफूले संवाद गरेको समेत जानकारी गराएका छन् ।
‘आज बिहान १० बजेदेखि अपराह्न १२ बजेसम्म निर्माणाधीन पाथीभरा केबलकारका बारेमा आन्दोलनरत पक्षका प्रतिनिधि मित्रहरूसँग सौहार्दपूर्ण संवाद गरियो । उहाँहरूका कुरा सुने । मेरा कुरा भनेँ’, सामाजिक सञ्जाल फेसबुकमा भट्टराईले भनेका छन्, ‘उहाँहरूले माननीय गृह मन्त्रीज्यूसमक्ष भेटेर आफ्ना कुरा राखन चाहनु भएको र त्यसको समन्वयका लागि मलाई अनुरोध गर्नु भएअनुरूप मैले गृह मन्त्रीज्यूलाई अनुरोध गरेँ ।’
भट्टराईले गृह मन्त्रीज्यूले भोली माघ २८ गते साँझ ६ बजे भेटघाटको समय दिएको जानकारी गराउँदै आन्दोलनरत पक्षलाई सरकारले तोकेको वार्ता समितिसँग छलफललाई निरन्तरता दिएर वार्ता मार्फतÞत समस्याको समाधान गर्न अनुरोध समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बहुमतको सुझाव ‘नेतृत्व परिवर्तन’, ओलीको निर्देशन- त्यो कुरा नलेख्नु !
-
फ्रान्सको उत्कृष्ट लय, स्पेन र बेल्जियमको महाभिडन्त (भिडियो)
-
सम्पत्ति जाँचबुझ आयोगको काम तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश
-
सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने
-
पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन
-
सरकारसँग अध्यक्ष बानियाँकाे आग्रह : बीमा व्यवस्था र ट्राफिक जरिवानाको पुनरवलोकन गरियोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण