दिल्ली विधानसभा निर्वाचनः महिला विधायक घटे, औसत उमेर ५२
नयाँ दिल्ली । दिल्लीको आठौं विधानसभामा महिला सहभागिता घटेको छ । तर, यसपटक ग्राजुएट (स्नातक) विधायकको संख्या भने बढेको छ । भारतको गैरनाफामूलक संस्था पीआरएस लेजिस्लेटिभ रिसर्चको प्रतिवेदनमा यस्तो देखाइएको हो।
उक्त रिपोर्टका अनुसार शनिबार सार्वजनिक भएको नतिजामा यसपटक ५ जना महिला मात्रै विजयी भएका छन् । यो दिल्ली विधानसभामा कुल विधायक संख्याको जम्मा ७ प्रतिशत हो। जसमध्ये ४ जना महिला विधायक भाजपाका छन् । आतिशी मारलेना आम आदमी पार्टीबाट एक मात्र महिला विधायक बनेकी छिन् ।
सन् २०२० को दिल्ली विधानसभा चुनावमा ८ जना महिलाले जित हासिल गरेका थिए । २७ वर्षपछि दिल्लीमा भाजपा फेरि सत्तामा आएको हो । यसपटक भाजपाले ७० सिटमध्ये ४८ सिट जितेको छ । आम आदमी पार्टीले २२ सिट मात्र जित्न सकेको छ ।
यसपटक ग्राजुएट उपाधि हासिल गरेका विधायकको संख्या ३८ प्रतिशत पुगेको छ । सातौं विधानसभामा यो मात्र ३४ प्रतिशत थियो । स्नातकोत्तर विधायकको संख्यामा भने कुनै परिवर्तन भएको छैन । यो पटक पनि २६ प्रतिशत छ ।
त्यस प्रतिवेदनमा विधायकको औसत उमेर भने ५२ वर्ष रहेको बताइएको छ । यसअनुसार नयाँ विधायकको १३ प्रतिशत उमेर २५ देखि ४० वर्षको बिचमा छ। जबकि पछिल्लो पटक २३ प्रतिशत थियो । ४१ देखि ५५ वर्ष उमेर समूहका विधायकको संख्यामा भने कुनै परिवर्तन भएको छैन।
यसपटक ४१ देखि ५५ वर्ष उमेर समूहका ४९ प्रतिशत विधायक भएका छन् भने ५६ देखि ७० वर्ष उमेर समूहका ३४ प्रतिशत विधायक छन् । जबकि, ४ प्रतिशत विधायक ७० वर्षभन्दा माथिका छन् । पछिल्लो विधानसभामा ५६ वर्षभन्दा माथिका विधायक २८ प्रतिशत थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो तीन महिनामा काठमाडौँ जिल्ला अदालतमा ९९ प्रतिशत म्याद तामेली
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण