कन्सर्टबाट फर्केपछि पोखराका मेयरले भने– ध्वनि प्रदूषणको गुनासो आयो, रोक्नू
पोखरा । शनिबार साँझ अबेरसम्म प्रदर्शनी केन्द्रको कन्सर्टमा विशिष्ट अतिथि थिए, पोखराका मेयर धनराज आचार्य । ब्याक टु नाइन्टिज शीर्षकमा भएको विशेष कार्यक्रममा उनले मन्तव्य पनि दिए ।
महानगरकै सहयोगमा पोखरामा दिनदिनै मेला महोत्सव र कन्सर्टहरू भइरहेका छन् । कतिसम्म भने न्यूरोड युवा क्लबले २ दिनसम्म सडक कब्जा गरेर कन्सर्ट चलायो । त्यसमा पनि मेयर नै प्रमुख अतिथि बने ।
शनिबारको कन्सर्टबाट फर्किएपछि आइतबार बिहानै पोखरा महानगरको फेसबुक पेजबाट एउटा सूचना आयो, ध्वनि प्रदूषण नियन्त्रणको आह्वान सहित । त्यसमा लेखिएको थियो, ‘पोखरामा ध्वनि प्रदूषण हुने गरी प्रचार प्रसार तथा माइकिङ लगायत गतिविधि भइरहेको जनगुनासो प्राप्त हुन आएकोले महानगरको ध्यानाकर्षण भएको छ ।’
सूचना त्यसमा मात्रै रोकिएन र अघि लेखियो, ‘अत्यावश्यक र जरुरी सार्वजनिक महत्वको विषयमा बाहेक चर्को स्वरमा ध्वनि प्रदूषण हुने खालका कुनै पनि प्रकारको गतिविधि नगर्न नगराउन अनुरोध गरिन्छ । महानगरको अनुरोधलाई अवज्ञा गरे प्रचलित कानुन बमोजिम कारबाही गरिने ब्यहोरा सूचित गरिन्छ ।’
पोखरामा आयोजना हुने भनिएको कोटिहोमलाई लक्षित गरी महानगरपालिकाले यस्तो सूचना निकालेको हो । आइतबार कोटिहोमको आयोजक मानव सेवा फाउण्डेसनले भने जुनसुकै हालतमा पनि पोखरामा कोटिहोम गर्ने चेतावनी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण