कन्सर्टबाट फर्केपछि पोखराका मेयरले भने– ध्वनि प्रदूषणको गुनासो आयो, रोक्नू

पोखरा । शनिबार साँझ अबेरसम्म प्रदर्शनी केन्द्रको कन्सर्टमा विशिष्ट अतिथि थिए, पोखराका मेयर धनराज आचार्य । ब्याक टु नाइन्टिज शीर्षकमा भएको विशेष कार्यक्रममा उनले मन्तव्य पनि दिए ।
महानगरकै सहयोगमा पोखरामा दिनदिनै मेला महोत्सव र कन्सर्टहरू भइरहेका छन् । कतिसम्म भने न्यूरोड युवा क्लबले २ दिनसम्म सडक कब्जा गरेर कन्सर्ट चलायो । त्यसमा पनि मेयर नै प्रमुख अतिथि बने ।
शनिबारको कन्सर्टबाट फर्किएपछि आइतबार बिहानै पोखरा महानगरको फेसबुक पेजबाट एउटा सूचना आयो, ध्वनि प्रदूषण नियन्त्रणको आह्वान सहित । त्यसमा लेखिएको थियो, ‘पोखरामा ध्वनि प्रदूषण हुने गरी प्रचार प्रसार तथा माइकिङ लगायत गतिविधि भइरहेको जनगुनासो प्राप्त हुन आएकोले महानगरको ध्यानाकर्षण भएको छ ।’
सूचना त्यसमा मात्रै रोकिएन र अघि लेखियो, ‘अत्यावश्यक र जरुरी सार्वजनिक महत्वको विषयमा बाहेक चर्को स्वरमा ध्वनि प्रदूषण हुने खालका कुनै पनि प्रकारको गतिविधि नगर्न नगराउन अनुरोध गरिन्छ । महानगरको अनुरोधलाई अवज्ञा गरे प्रचलित कानुन बमोजिम कारबाही गरिने ब्यहोरा सूचित गरिन्छ ।’
पोखरामा आयोजना हुने भनिएको कोटिहोमलाई लक्षित गरी महानगरपालिकाले यस्तो सूचना निकालेको हो । आइतबार कोटिहोमको आयोजक मानव सेवा फाउण्डेसनले भने जुनसुकै हालतमा पनि पोखरामा कोटिहोम गर्ने चेतावनी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्योग वाणिज्य महासंघले सरकारलाई बुझायो नीति तथा कार्यक्रममा समेट्नुपर्ने सुझाव
-
१५ दिनभित्र बाँकी क्याम्पसमा स्ववियु निर्वाचन गर्न त्रिविको निर्देशन
-
१२ बजे, १२ समाचार : आरआर क्याम्पसमा लागेको ताला खुलादेखि कांग्रेसमा सदस्यताको लफडासम्म
-
नाइजेरियामा सङ्कटकाल घोषणा
-
आरआर क्याम्पसको ताला खुल्यो, फर्जी कार्डको विषयमा छानबिन गर्न समिति गठन गरिने
-
‘समयले जन्माएका कथाहरू’ लोकार्पण